पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान म्याग्दीको रोक्सेमा दुर्घटनाग्रस्त भएकोछ । तीन जना चालक दलका सदस्य, १८ जना नेपाली तथा २ जना विदेशी यात्रुहरु रहेको उक्त ट्वीन अटर उक्त विमान दुर्घटनामा परेकोछ । तारा एयरको नाइन एन ए एच एच (9NAHH) विमान स्थानीय समयअनुसार बिहान ८ बजे पोखराबाट जोमसोमको लागि उडेको थियो । वरिष्ठ पाइलट रोशन मानन्धरले उडाएको उक्त जहाजमा को-पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा राउत रहेका थिए । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिक समेतले यात्रा गरिरहेका थिए । सो विमानमा यात्रा गर्नेहरुमा लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली, विदेशी नागरिक अहमत र एक जना बालक रहेकाछन । यात्रुहरुको बारेमा विस्तृत जानकारी भने अझै प्राप्त भैसकेकोछैन ।
तारा एयरको विमान दुर्घटनाग्रस्त
तारा एयरको विमान दुर्घटनाग्रस्त
तपाईको प्रतिक्रिया





