पोखराबाट मुस्तांगको जोमसोमको लागि उडेको तारा एयरको विमान समपर्क बिहिन भएकोछ । विमानमा तीन जना चालक दलका सदस्य, १८ जना नेपाली तथा २ जना विदेशी यात्रुहरु रहेको जानकारी प्राप्त भएकोछ । तारा एयरको नाइन एन ए एच एच (9NAHH) विमान स्थानीय समयअनुसार बिहान ८ बजे पोखराबाट उडेको थियो । म्याग्दी जिल्ला अन्तर्गत पर्ने घोडेटारसम्म सम्पर्कमा रहेको र तेस्पछी सम्पर्कविहिन भएकोछ । हाल उक्त विमानको खोजि कार्य शुरु गरिसकेको तारा एयरले जानकारी दिएकोछ । वरिष्ठ पाइलट रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखरबाट दुइवटा हेलिकप्टर पठाइएको छ । यसैगरी को-पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा राउत रहेका छन् ।