पत्रकार महासंघ यूकेका अध्यक्ष शर्मा स्विजरल्याण्डमा सम्मानित

samman-624x416लन्डन। नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा चिरन शर्मा सम्मानित भएका छन्। शनिबार स्विजरल्याण्डको जुरिचमा आयोजित एक समारोहमा शर्मा सम्मानित भएका हुन्। नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष समेत रहेका शर्मालाई गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछानेले सम्मानपत्र सहित दोसाल्ला ओढाएर सम्मानित गरे। युरोपमा रहेर अनलाइन मार्फत पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै शर्मालाई सम्मानित गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै गैर आबासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक जीवा लामिछानेले अनलाइन मिडिया कै कारण एनआरएनए आजको अबस्थामा आएको भन्दै प्रशंसा गरे । सम्मान पछि बोल्दै पत्रकार शर्माले आँफुलाई थप जिम्मेबारी बढेको बताए। उनले भने,ू प्रबासमा रहेर कलम चलाउँन आँफैमा कठिन छ,तर यो सम्मानले थप जिम्मेबारी बढेको छ। शर्माको सकृयतामा सन् २०१० मा नेपाल पत्रकार महासंघ यूके शाखाले स्थापाना थियो। नेपाल पत्रकार महासंघ युके शाखाको सन् २०१२ जनवरी १४ मा पहिलो अधिवेशबाट शर्मा नेपाल पत्रकार महासंघ यूके शाखाको बरिष्ठ उपाध्यक्षमा चयन भए । सन् २०१४ मार्च ९ देखी शर्माले नेपाल पत्रकार महासंघ यूके शाखाको नेतृत्व समाल्दै आएका छन् । परोपकारी पत्रकारीतामा विश्वास राख्ने शर्माले नेपालका महाभूकम्प तथा विपद पीडितका लागि सहयोग जुटाउन सकृय भूमिका निर्वाह गरेका छन् । नेपालमा गतबर्ष गएको महाभूकम्पबाट पिडित नेपाली पत्रकारहरुका लागि शर्माले १३ लाख रुपैयाँ संकलन समेत शर्माकै नेतृत्वमा भएको थियो । स्विजरल्याण्डबाट संचालित अनलाईन मिडीया नेपाल स्विस डटकमले आफ्नो छैटौ बार्षिकउत्सबमा आयोजित सम्मान कार्यक्रममा युरोपबाट कलम चलाएका अर्का पत्रकार बसन्त रानाभाटलाई पनि सम्मान गरेको छ।कलाकार तथा सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको उक्त कार्यक्रम एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, महासचिब बद्री केसी, यूरोप संयोजक कुल आचार्य, सहसंयोजक प्रेम गुरुगं र दावा शेर्पा लगायतको उपस्थिती थियो ।
सोही कार्यक्रममा गैरआवासीय नेपाली सँघका सदस्य एकराज गिरी लगायत पत्रकार तथा कलाकार सम्मानित भए ।24-IMG_0548suman dai

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित