नेपाल स्वीस डटकमको छैटौं वार्सिकोत्सव सम्पन्न

24-IMG_0548suman dai

23-IMG_0546suman daiजुरिच/ यहि फेब्रुअरी २० शनिवारका दिन स्वीजरल्याण्डबाट ईन्टरनेशनल नेपाली मिडियाद्वारा संचालित नेपाल स्वीस डटकमले आफ्नो स्थापनाकालको छैठौं वार्षिकोत्सव समारोह सम्पन्न गरेकोछ । गैर आबासीय नेपाली संघ ( एनआरएनए) का प्रमुख संरक्षक जीबा लामीछानेले उद्घाटन गरेको उक्त कार्यक्रममा यूरोपका लोकप्रिय नेपाली कलाकार, साहित्यकार र पत्रकारहरु लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । मीडियाको बार्षिक उत्सब समारोहमा एनआरएनका अभियन्ताहरुको पनि बाक्लो उपस्थितिले गर्दा कार्यक्रममा अझ रौनकता छाएको थियो । नेपाल स्वीस डट कमले आफ्नो बार्षिकउत्सबको अबसर पारेर युरोपका बिभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ। 20-IMG_0543suman dai आफ्नो छैटौ बार्षिकउत्सवको अवसर पारेर गरिएको सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्मा, युरोपबाट कलम चलाएका अर्का पत्रकार बसन्त रानाभाटलाई पनि सम्मान गरेको थियो,भने गैरआवासीय नेपाली सँघका सदस्य एकराज गिरी लगायत कलाकार तथा सामाजिक अभियन्ताहरु पनि सम्मानित भएका थिए । कार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, महासचिब बद्री केसी, यूरोप संयोजक कुल आचार्य, सहसंयोजक प्रेम गुरुगं र दावा शेर्पा लगायतको उपस्थिती थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि के. सी,यूरोप संयोजक कुल आचार्य, उप -संयोजकहरु प्रेम गुरुङ, दावा शेर्पा, महिला संयोजक सपिला राजभण्डारी, उप-संयोजक रजनी प्रधान,आईसीसी सदस्य एकराज गिरी लगायतको बाक्लो उपस्थिति थियो । यस्तै वार्षिकोत्सब समारोहमा सहभागी हुन नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्मा, पत्रकार महासंघ यूरोप शाखाका बरिष्ट उपाध्यक्ष ओम शर्मा,नेपालीनेपाली डटकमका प्रधान- सम्पादक तथा अनलाईनखबरका युरोप संयोजक बसन्त रानाभाट, गोर्खा रेडियो यूकेका निर्देशक नरेन्द्र बस्नेत, साहित्यकार एवं ईन्फोमाला डट कमका कोर्डिनेटर पंचम अधिकारी,अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूरोप संयोजक अर्जुन काफ्ले लगायत परिचित पत्रकार, साहित्यकार र कलाकर्मीहरुको पनि उपस्थिति रहेको छ। 34-IMG_0566suman dai

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित