लन्डन । यहि आउदो फेब्रुअरी २० तारिखका दिन गोर्खा भ्याटरन फाउन्डेसनले ” फुड इन द ट्रेन्च” नामक एक प्रदर्शन गर्ने भएकोछ जुन प्रथम विश्वयुद्धमा सहभागी दक्षिण एशियाका सेनाहरुसंग सम्बन्धित रहनेछ । प्रथम विश्व युद्दताका दक्षिण एशियाली सेनाहरुले मेसोपोटामियामा युद्द गरेका थिए । उक्त प्रदर्शनीमा तेसबेला दक्षिण एशियाली सेनाहरुमाथि गरिएका विभिन्न क्रियाकलापहरुको बारेमा पनि अवगत गराइनेछ । कतिपय यस्ता घटनाहरु छन् जुन अझसम्म पनि सार्वजनिक भएकाछन र धेरैलाई जानकारी समेत भएका छैनन् तेस्ता कुराहरुको बारेमा जानकारी गराउनु उक्त प्रदर्शनीको मुख्य उद्देश्य रहेकोछ । यसका साथै प्रथम विश्वयुद्धताका सहभागी भएका ब्यक्तिहरुको जानकारी संकलन गरि त्यसलाई एउटा स्मरणीय कथाको रुपमा प्रस्तुत गर्ने समेत सोच रहेकोछ । जसको लागि सम्बन्धित ब्यक्ति तथा उनीहरुका नातेदारहरुलाई सम्पर्क गरि यथार्थ जानकारी संकलन गर्ने गोर्खा फाउन्डेशनको लक्ष्य रहेकोछ । साथै यस कार्यमा सबैलाई सहोगको लागि आग्रह समेत गरेकोछ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा भ्याटरन फाउन्डेशनले ” फुड इन द ट्रेन्च” को प्रदर्शन गर्दै
गोर्खा भ्याटरन फाउन्डेशनले ” फुड इन द ट्रेन्च” को प्रदर्शन गर्दै

तपाईको प्रतिक्रिया