काली प्रसादको अर्को प्रेम गीत म्युजिक भीडीयो सार्वजनिक

1-Fullscreen capture 11022016 182847लन्डन । प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे नजिकिंदै गर्दा मायाप्रेमका गीतहरु नेपाली सांगीतिक बजारमा आउने लहर बढ्दै गइरहेकोछ । सोहि अवसर पारेर लोकप्रीय गायक काली प्रसाद बास्कोटाको अर्को ‘लभ सङ्ग’ सार्वजनिक भएकोछ । सम्पूर्ण स्रोताहरुलाई आफ्नो उपहारस्वरूप प्रस्तुत गरिएको भन्दै गायक बास्कोटाले युट्युव मार्फत उक्त म्युजिक भीडीयो सार्वजनिक गरेका छन् । ‘हेरिरहन देऊ मलाइ’ बोलको सो गीतकमा स्वर र शव्द काली प्रसाद बास्कोटाको रहेकोछ भने यसमा संगीत दिएकाछन् अल्मोडा राना उप्रेतीले । म्युजिक भीडीयोमा गायक बास्कोटा र केकी अधिकारीको अभिनय रहेको छ । आफ्नो फेसबुक वालमा बास्कोटाले भनेकाछन, यो आफ्नो पहिलो अभिनय भएको र उनले केकीको राम्रो अभिनयको प्रसंशा गर्दै आफू एउटा ‘नर्भस ब्वाई’ को रुपमा म्युजिक भिडियोमा देखिएको बताएका छन् । गत फेब्रुअरी ७ मा उनले युट्युवमार्फत सार्वजनिक गरेको सो गीतमा बास्कोटाले भिडियोका अन्ततिर ‘ह्याप्पी भ्यालेन्टाइन’ लेखिएको छ । प्रेम गीत गाउन खप्पिस कालीप्रसादले यसअघि गाएको ‘त्यो पारी डाँडामा’ बोलको गीत अत्याधिक लोकप्रीय भएको थियो । भीडीयो हेर्नुहोला,

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित