लन्डन । आज मंगलवार बिहान १२:५० बजे कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएकोछ । चिकित्सकले दिएको जानकारी अनुसार निमोनियाका कारण कोइरालाको अचानक निधन भएको हो । सोमबार दिउँसोबाटै कोइरालाको स्वास्थ्यमा समस्या देखिएको र उनलाई श्वास प्रश्वास सम्बन्धि कठिनाइ उत्पन्न भएको थियो । नेपालका ३७ औं प्रधानमन्त्री बनेका कोइराला ब्यबस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको आफ्नो नेतृत्वको सरकारद्वारा गत असोज ३ गते नेपालको नयाँ संबिधान जारि भएको थियो । पिता बोधप्रसाद र माता कुमुदिनीका जेष्ठ सुपुत्रको रुपमा सन् १९३९ मा जन्मिएका कोइराला अविवाहित नै थिए । वि.स.२०१० साल देखि राजनीतिमा लागेका कोइराला नेपाल र भारतमा गरी लगभग ६ वर्ष राजनैतिक बन्दीजीवन बिताएका थिए । उनले पार्टीमा लामो समयसम्म केन्द्रिय सदस्य, महामन्त्री,उपसभापति र कार्यबाहक सभापतिको भूमिका निर्वाह गरेका थिए । वि.स. २ ०४६ सालको आन्दोलनपछि २०४८ र २०५६ मा बाँके क्षेत्र न. २ बाट संसदमा विजयी भएपनि उनले सत्तामा नबसी पार्टी संगठनमा नै चित्त बुझाएर बसेका थिए । कोइरालाको निधनसंगै नेपाली कांग्रेसले महाधिवेसनको सम्पूर्ण कार्यहरु स्थगित गर्ने तयारी गरेकोछ । अधिकांश जिल्लाहरुमा निर्वाचन भइसकेतापनी केहि जिल्लामा बाँकी नै थियो । पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन मंगलबार बिहान १२:५० बजे उनकै निवासस्थानमा भएको थियो ।
रहेनन् अब पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला
रहेनन् अब पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला

तपाईको प्रतिक्रिया