लण्डनस्थित पशुपतिको मन्दिरको सहयोगार्थ आनन्द कार्कीले जुटाए रकम

hqdefaultलन्डन । करिब डेढ दशकपछि बेलायत भ्रमणका लागि आएका गायक आनन्द कार्की विभिन्न स्थानका कार्यक्रमहरुमा अहिले निकै ब्यस्त रहँदै आएकाछन । पटक पटक आफ्नो नेपाल फर्कने मितिलाई लम्ब्याउँदै बसेका कार्कीले आर्थिक पक्षतर्फ मात्र नभई सामाजिक कार्यतर्फ पनि आफूलाई समावेस गराएकाछन् । यही फेब्रुअरी ७ तारिख आइतवारका दिन लण्डनको प्लमस्टिडमा रहेको पशुपति मन्दिरको सहयोगार्थ मध्यान्न १२ बजेदेखि दिउँसोको ३ बजेसम्म एक दर्जनभन्दा बढी भजनहरु गाएका थिए । भोले शंकर भन्दै जाउँ, रामनामको चन्दन घोटी, ऐसी लगी लगन, मीरा होगी भगन, अच्युतम केशवम जस्ता हिन्दी तथा नेपाली भजनहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा दीपक थापा, पार्वती शर्मा, सुनील न्यौपाने जस्ता स्थानीय कलाकारहरुको पनि सहभागिता रहेको थियो । माया प्रेमसंग सम्बन्धित गीत गजलहरु सुनाउँदै आयका कार्कीले प्रस्तुत गरेको भजन कीर्तनले पनि एउटा छुट्टै किसिमको आनन्द प्रदान गरेको कुरा त्यहाँ उपस्थित भक्तजनहरुले ब्यक्त गरेका थिए । झन्डै सय जना जतिको सहभागिता रहेको उक्त भजन कीर्तनको संयोजन व्यावसायी एलएन पाण्डेले गरेका थिए ।
अध्यक्ष बालजंग अर्यालका अनुसार उपस्थित भक्तजनहरुबाट करिब ११ सय पाउण्ड रकम संकलन भएको थियो । उक्त रकम मन्दिरको कोषमा राखिने र यसरी रकम संकलन गर्नको लागि महत्वपूर्ण भूमिका निभाएकोमा गायक आनन्द कार्कीलाई अर्यालले धन्यबाद दिएका थिए । नेपाली समुदायद्वारा निर्माण गरिएको सो पशुपति मन्दिर युरोपमै पहिलोपटक लण्डनमा स्थापित गरिएको हो । आफूले थुप्रै सांगीतिक कार्यक्रमहरु गएको भएता पनि यो कार्यक्रमले आफूलाई छुट्टै किसिमको आनन्द मिलेको कुरा गाएक कार्कीले ब्यक्त गरेका थिए । लामो समयपछि बेलायतमा आएर नेपालीहरुद्वारा स्थापना गरेको मन्दिरलाई थोरै मात्रामा भए पनि सहयोग गर्न पाउँदा आफूलाई आत्म सन्तुष्टी मिलेको गायक कार्कीले बताएका थिए । यस क्षेत्रमा करिब तीन दशक बिताइसकेका गायक कार्कीले गजल, भजन, चलचित्रका गीतलगायत तीन हजारभन्दा बढी गीतहरु गाइसकेकाछन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित