नेपाली सांगीतिक धरातलमा लगभग तीन दशकको सेरोफेरोमा पनि आफूलाई अग्र स्थानमा राख्दै आएका सदावहार गायक आनन्द कार्की यसबेला बेलायतका बिभिन्न स्थानहरुका सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त देखिन्छन् । बि.स. २०४२ सालबाट गजलमार्फत सागीतिक यात्रामा प्रवेश गरेका गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी तीन हजारभन्दा बढी गीत गाइसकेकाछन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । सुमधुर स्वरका धनी आनन्द कार्कीले भारतको लखनउ तथा मुम्बईबाट संगीतसम्बन्धी शिक्षा हाशिल गरेका छन् । सर्वप्रथम “जीवनमा धेरै खोला तर्नुछ ” बोलको गीत शक्ति वल्लभको संगीतमा गएका थिए । सन् १९९९ मा लण्डनमा भएको सारेगम अन्ताक्षरीको उपाधिदेखि छिन्नलता, प्रवल गोर्खा दक्षिणबाहु लगायतका दर्जनौं पुरस्कारहरुबाट सम्मानित भइसकेकाछन् । हाल उनी बेलायत भ्रमणमा छन् तर पटक पटक नेपाल जाने कार्यक्रमलाई स्थगित गर्दै बेलायतका बिभिन्न स्थानमा गरिने सांगीतिक कार्यक्रम र भेटघाटमा ब्यस्त छन् । साेही अवसरमा गोर्खा रेडियो यूकेले गायक आनन्द कार्कीसँग गरेको कुराकानीहरु यस प्रकार छन् ।
पूरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
र सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
फोटो साभार-गायक आनन्द कार्कीको फेसबुकबाट