लन्डन, नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले घरघरमा ग्याँसको पाइपलाइन जडान गर्ने बक्तव्य दिएपछि उक्त कुराको जताततै चर्चा चलिरहेकोछ । समाचारमा होस् या त कार्टुनमा नै किन नहोस सो प्रसंगले ब्यापक स्थान लिंदै आएकोछ । हाल बेलायतमा बसोबास गर्दै आएका बिदुर अधिकारीले पनि यस प्रसंगमा हात बाँधेर बस्न चाहेनन्, उनले हत्त न पत्त सामाजिक संजाल मार्फत ग्याँस पाइपलाइनको लागि आवेदन नै दर्ता गराइहाले । आशा छ आर्थिक चलखेल र नातावाद कृपावादले स्थान पाएन भने सम्भवत उनकै घरमा सबैभन्दा पहिला ग्याँस पाइपलाइन जडान हुनेछ ।
आवेदनको पूर्ण अंश यसप्रकार छ ।
श्रीमान सम्मानानीय प्रधानमन्त्री ज्यु,
प्रधानमन्त्री कार्यालय,
सिँहदरबार्,काठमान्डौ ।
बिषय: ग्यास पाइप लाईन जडान गरिपाउँ।
महोदय,
सबिनय निबेदन यो छ कि बिगत ५ महिना देखी को नाकाबन्दी ले ग्यास नपाइ दाउरा मा पकाउन बाध्य हुनुपरेको दुखद घडिमा प्रधानमन्त्री जस्तो बिशवस्निय ब्यक्ती बाट घर घर ग्यास कै पाइप ओछ्याइदिने आश्वासन आएपछी आफुलाई हर्ष ले बिभोर भएर सम्हाल्न नसक्दै मेरो घर मा पनि एक थान पाइप बिछ्याइदिन यो निवेदन पेश गरेको छु । हुन त भुकम्पले मेरो पनि घर बाँकी राखेन तर सरकार कै पुनर्निमाण प्राधिकरण ले घर बनाइदिने भन्ने पनि सुन्न मा आइसकेकाले नयाँ घर र नयाँ पाइप लाईन एकै पटक फ्याट्ट जोड्न पाए धन्य हुने थिएँ भन्ने आशाले यो निबेदन गरेको छु । सरकारको जो आदेश ।
भवदीय
बिदुर अधिकारी ।
बिदुर अधिकारीको फेसबुकबाट साभार