प्रवासी मंच बेलायतद्वारा राजनीतिक योद्धा समालाई सहयोगको तयारी,

1-Prawasi1लन्डन ।जनवरी ९ तारिखका दिन ह्यारोमा बसेको प्रवासी नेपाली मंच बेलायतको बैठकले राजनीतिक योध्दा बलराम समाललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मंचका अध्यक्ष रामशरण मिम्खडाको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।उक्त बैठकमा मंचसंग सम्बन्धित विभिन्न समसामयिक निर्णयहरु, सदस्यता नबिकरण तथा बिस्तार, इलाका अधिबेशनहरु सम्पन गर्ने, बिगतका विभिन्न निर्णय तथा हालसम्म सम्पन्न बिभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै यसवर्षको आगामी कार्यक्रमहरु तय गरेको छ ।1-Prawasi बैठकले नेपालमा पंचायती शासनकालको उत्तरार्धमा अनेरास्वबियुको राजनीतिमा निकै चर्चाको शिखरमा रहेका नेपाल ल क्याम्पस स्ववियुका पूर्व सभापति, प्रखरबक्ता तथा अध्ययनशील कर्मठ युवा जसलाई पंचायती शासकले निर्मम यातना दिए पछी मानसिक रुपमा अपांग भएर आफ्नै घरमा अत्यन्तै कष्टकर जीबनयापन गरिरहेका राजनीतिक योध्दा बलराम समालको स्वास्थ्य उपचारको लागी प्रबासी नेपाली मंच बेलायतको अगुवाइमा आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ भने कमिटिका सदस्य मिलन घिमिरेलाइ यस अभियानको संयोजक नियुक्त गरेको छ। त्यसै गरी बैठकले मंचको कामलाई ब्यबस्थित गर्न पाँच सदस्यीय सचिबालय गठन गरेको छ जसमा अध्यक्ष्य रामशरण सिम्खडा, उपाध्यक्ष रबिन्द्र कंडेल, महासचिब तुंगभद्र भुसाल तथा होम निरौला र सरस्वती केसी सदस्य रहनु भएको छ । आगामी ६ महिनाभित्रमा मंचको सदस्यता नबिकरण तथा बिस्तार गर्ने र सम्पूर्ण इलाका अधिबेशनहरु सम्पन्न गरी मंचलाई ब्यबस्थित रुपमा अगाडी बढाउने अर्को महत्वपूर्ण निर्णय गरेको छ। बैठकले मंचको बिगतको दश बर्षको इतिहास तथा मंचको बिबिध गतिविधिलाई ब्यबस्थित रुपमा स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । आगामी मार्च महिनामा अन्तरास्ट्रिय श्रमिक महिला दिवस मनाउनको लागी सरस्वती केसीलाइ संयोजक तोकेको छ । एमाले निकट यस संस्थाले नेपालमा बेलाबखत हुने गरेका विभिन्न आपत विपत तथा दैवी प्रकोपहरुमा निरन्तर सहयोग गर्दै आइरहेकोछ ।
कुमार केसी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित