बेलायतमा धुमधामसंग मनाइयो २९४औं पृथ्वी जयन्ती

3-IMG_0589लन्डन । आज लन्डन स्थित नर्थहल्टको ब्लू अर्किड रेस्टुरेन्टमा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा २९४औं पृथ्वी जयन्ती भव्यताका साथ मनाइएकाे छ । लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएकोछ, तर देश विदेशमा बिभिन्न कार्यक्रमका साथमा मनाउने प्रथा भएन । गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरणका लागि आफ्नो सम्पूर्ण जीवनकाल नै समर्पण गरेका थिए । ५० भन्दा बढी राज्यमा विभाजित बाइसी, चौबिसी राज्यहरुलाई एकत्रित गरी सिंगो नेपाललाई चार जात छत्तीस बर्णको फूलबारीको रुपमा घोषणा गरेका थिए । बिगतमा यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइएको भए पनि बि.स.२०६३ सालपछि गठित सरकारले हटाउने निर्णय गरेको थियो1-IMG_0575 पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्रिय अखण्डता, स्वाधीनता आपसि एकता आदि विषयले अहिले पनि उत्तिकै मनन योग्य रहेको पाइन्छ ।
प्रत्यक वर्ष पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा मनाउँदै आएको राष्ट्रवादी संगठन बेलायतले पनि जनवरी ११ तारिखका दिन एक भव्य समारोहको आयोजना गरेको थियो । बरिष्ठ समाजसेवी डा. राघव धितालको प्रमुख आतिथ्यमा गरिएको उक्त कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुङ, प्रवासी नेपाली समाजका बेलायतका अध्यक्ष्य रोशन सापकोटा, यती नेप्लिज एसोसिएसनका अध्यक्ष्य उमेशराज मोक्तान, नेपाल हार्ट फाउन्डेशनका डा. विकल आचार्य, क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष्य भीम बानिया, बाचस्पति रेग्मी, सुरेश जंग शाह, महेश रेग्मी लगायतका थुप्रै समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा दीप प्रज्वलन गरि मंगलधुनका साथमा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो
। 2-IMG_0585 कार्यक्रम कोसेलीका संस्थापक मदन थापा र वसन्त राय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेका थिए । कार्यक्रममा कविता बचनलगायत राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदान र त्यसकाे आवश्यकतामाथि सबैले प्रकाश पारेका थिए । क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष्य भीम बानियाले अर्को बर्ष सम्ममा उक्त दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन पाउने अपेक्षा गर्दै एन आर एनलगायत अन्यसम्बन्धित निकायमार्फत यसको पहल गरिनुपर्ने कुरामा जोड दिएका थिए । पृथ्वी नारायण शाहको योगदान हाल दिनप्रति दिन बढ्दै गएको र भविष्यमा अझ बढ्दै जाने सबैको धारणा रहेको थियो । नारायण अधिकारीद्वारा संचालित उक्त कार्यक्रमको अध्यक्ष्यता भारत रोक्का क्षेत्रीले गरेका थिए भने स्वागत मन्तव्य रमेश लामाले दिएका थिए । फोटो हेर्न यहाँ क्लिक गर्नुहोस
4-IMG_0617

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित