लन्डन । सन् २०१६ को नयाँ बर्षको आगमनसंगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा गोर्खा सांस्कृतिक सांझको आयोजना गर्दै आइरहेको । उक्त कार्यक्रममा भाग लिनका लागि नेपालबाट चर्चित गायिका सुनिता दुलाल पनि लन्डन आएकीछन् । यहि शनिवारका दिन गोर्खा सांस्कृतिक सांझले रेडिंगमा एक कार्यक्रम गरेको थियो जसमा गायिका सुनिता दुलाल,इन्दिरा जोशी, आनन्द कार्की र बरिष्ट नृत्य निर्देशक गोविन्द राइ लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । प्रस्तुत छ उक्त कार्यक्रममा प्रस्तुत गरिएको गायिका सुनिता दुलालको कार्यक्रमको एक झलक ।