लन्डन । आज लन्डनस्थित नर्थहल्टको ब्लु अर्किड रेस्टुरेन्टमा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा २९४ औं पृथ्वी जयन्ति मनाइदैछ । लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएतापनि देश विदेशमा बिभिन्न कार्यक्रमका साथमा मनाउने प्रथाले भने निरन्तरता दिंदै आएकोछ । गोर्खाका तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणका लागि आफ्नो सम्पूर्ण जीवनकाल नै समर्पण गरेका थिए । ५० भन्दा बढि राज्यमा विभाजित बाइसी, चौबिसी राज्यहरुलाई एकत्रित गरि सिंगो नेपाललाई चार जात छत्तिस बर्णको फूलबारीको रुपमा घोषणा गरेका थिए । बिगतमा यसलाई रास्ट्रिय पर्वको रुपमा मनाउंदै आइएको भए पनि बि.स.२०६३ सालपछि गठित सरकारले हटाउने निर्णय गरेको थियो । पृथ्वीनारायण शाहले निर्माण गरेको रास्ट्रिय अखण्डता, स्वाधिनता आपसी एकता आदि विषयले अहिले पनि उत्तिकै मन योग्य रहेको पाइन्छ । वि.स. १७७९ मा पुस २७ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहको निधन वि.स.१८३१ माघेसक्रन्तिका दिन भएको थियो ।
लण्डनमा पृथ्वी जयन्ती मनाइदै
लण्डनमा पृथ्वी जयन्ती मनाइदै

तपाईको प्रतिक्रिया