लन्डन । सन् २०१६ को नयाँ बर्षको आगमनसंगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा गोर्खा सांस्कृतिक सांझको आयोजना गर्दै आइरहेकोछ । उक्त कार्यक्रममा भाग लिनका लागि नेपालबाट चर्चित कलाकारहरु गायिका सुनिता दुलाल, इन्दिरा जोशी र बरिष्ट नृत्य निर्देशक गोविन्द राइ बेलायत आएका हुन् । यहि शनिवारका दिन गोर्खा सांस्कृतिक सांझले रेडिंगमा एक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा भने चर्चित गायक आनन्द कार्की पनि अतिथि गायकको रुपमा सामेल भएर धेरै दर्शकहरुलाई नचाएका थिए । “यि हल्लाहरु हुन् तिमीले सुनेका, जे जे हुनेछ यहाँ पर्दा पछाडि नै हुन्छ, भरे आउंछु सपनीमा र बनमा फुल्यो फुल जस्ता चर्चित गित गएर भरपुर मनोरंजन दिलाएका थिए । तेस्तै गरि गित तथा नृत्यमा निकै चर्चा कमाउन सफल इन्दिरा जोशीले नेपालको ब्वार्तामान परिवेशलाई सुहाउने उनको पुरानो देशभक्ति गित गायकी थिइन् भने रातो घांगर बोलको गीतले सबैलाई तताएकी थिइन् । स्थानीय कलाकार हरुमा रोमियन लिम्बु, स्वस्तिका लिम्बु र नुमा लिम्बुले पनि जोडदार नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिलाएका थिए । तेस्तै गरि स्थानीय गायक दौलत राइले आफ्नो नाम दौलत भए पनि आफुसंग प्रशस्त दौलत नभएको र जुन गोरुको पुच्छर छैन तेहि गोरुको नाम फुर्के भन्ने नेपालि उखानलाई मनन गर्दै चित्त बुझाउनु परेको भन्दै रमाइलो गर्दै उनको नयाँ एल्बम ‘लभ यू अल” बाट केहि गित गएर सुनाएका थिए भने ओडा नम्बर ६ को सुर्के थैली बोलको गीतमा दर्शकलाई नचाउँ सफल भएका थिए । गायिका सुनिता दुलालले पनि स्टेज निकै तताएकी थिइन् ” मेरो बन्न नसेक पनि पराइ नबनिदेउ…. भन्दै स्टेजमा उत्रिएकी सुनिताले मेरै दिलमा फुल्योउ निरमाया, मेरो सिउँदो छ खाली, एकोहोरो भाकोछु जस्ता गीतहरुले मनोरंजन दिएकी थिइन् भने उनको भर्खरै मात्र बजारमा आएको नयाँ रिमिक्स गीतले सबैलाई स्टेजतिर तानेको थियो ।उक्त गितमा स्वर: ध्रुबराज खड्का, सुनिता दुलाल र घमेश दुलालको रहेकोछ भने शब्द संगीत ध्रुबराज खड्का र सुरेश खड्का कोरहेको जसलाइ गोबिन्द राइले निर्देशन/ कोरियोग्राफर गरेका छन । सोहि गीतमा दर्शकहरुले सुनितालाई टोपी लगाइदिएर पैसा पनि सिउरिदिएका थिए, तर उनले उक्त प्राप्त रकमलाई सिन्धुपाल्चोकका भूकम्प पीडीतलाई न्यानो कम्बल किनेर सहयोग गर्ने बचन गरेकिछन। नृत्य निर्देशन क्षेत्रका एक सफल व्यक्तित्व भएका गोबिन्द राइ (बुथुरे कान्छा) ले पनि सबैलाई नाचौं नाचौं पारेका थिए । रेखा थापा, अरुणिमा लम्शाल, ऋचाघिमिरे, निशा अधिकारीलाइ सफलता दिलाउन उनकै हात रहेकोछ । तेस्तै गरि गोर्खा पल्टन, नैन रेशम जस्ता थुप्रै सफल चलचित्रको पूर्ण रुपमा कोरियोग्राफरको भूमिका निभाईसकेका राइ कैयौं पुरस्कारहरुबात पनि सम्मानित भैसकेकाछन् । उक्त कार्यक्रमको संचालन बेलायत निवासी समाजसेवी सरला थापाले गरेकी थिइन् । बाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।
गोर्खा सांस्कृतिक साँझ रेडिंगमा जोडदार धमाका
गोर्खा सांस्कृतिक साँझ रेडिंगमा जोडदार धमाका
तपाईको प्रतिक्रिया