अपाङ्गको पीडामा मलम लगाउँदै – माधव रेग्मी

पुष २१, पाँचथर इम्बुङ–७ कोल्बुङका एकै परिवारका चार सन्तान अपाङ्ग भएपछिको चरम पीडा भोग्दै12467865_1185120014836170_2029387896_n भन्ने समाचार रासस, सेतोपाटी, इमेजखबर, कालिका एफ एम लगायत बाट गत पौष ९ गते प्रकाशन/ प्रशारण भएपछि बेलायतमा रहेका माधव रेग्मीबाट सहयोग स्वरुप तामाङ परिवारका लागि ५ हजार १ सय ८० रुपैया रकम प्रदान भएको छ। नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा सोमबार आयोजित नेपाल पत्रकार महासंघ पाँचथरको शाखा कार्यालयमा एक कार्यक्रमका वीच उक्त रकम महाशाखाका शाखा अध्यक्ष लवदेव ढुंगानाले प्रदान गरेका थिए । इम्बुङ ७ का हर्कवीर तामाङका साहिंला छोरा महेन्द्रलाई उक्त रकम प्रदान गरिएको थियो । पोलियो रोगका कारण हर्कबिरका ४ सन्तान अहिले पनि अपांगको जिवन विताइरहेका छन् । चारै जना अहिले दिशा पिशाब पनि नियंत्रण गर्न नसक्ने अवस्थामा ओछ्यान परेका छन्। सहयोग रकम पाएपछि थोरै भएपनि राहत मिलेको महेन्द्रले वताएका छन् । रासस, सेतोपाटी इमेज लगायतमा तामाङ्ग परिवारको अपाङ्गता सम्बन्धी समाचार प्रकाशन भएपछि बेलायतवाट रेग्मीले समाचार प्रेषक तथा रासस एबं इमेज च्यानलका फिदिम स्थित संबाददाता जितेन्द्र भण्डारीलाई संपर्क गरी थोरै भएपनि राहत पुगोस भनेर आफुले सहयोग गर्न चाहेको र उक्त सहयोग तामांग परिवारसम्म पुऱ्याईदिन अनुरोध गरेका थिए। नवलपरासी, गैडाकोट नगरपालिका वडा नम्बर १ निवासी रेग्मी अहिले वेलायतमा अवस्थित बोल्टन विश्वविद्यालयमा समाजिक स्वास्थ सम्बन्धी बिषयमा बिद्यावारिधि गर्दैछन्। नेपाल पत्रकार महासंघ बेलायत शाखाका पार्षद समेत रहेका रेग्मी स्कोटलैंडको एक नेपाली सामाजिक संस्था नेपालीज हिमालयन एसोसिएशनमा समेत संलग्न रही अन्य सामाजिक हितका गतिबिधिमा पनि सामेल छन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित