स्कॉटलैंड। जनवरी एकलाई हरेक बर्ष बिगत तिन बर्षदेखि टोपी दिवसको रुपमा मनाउने चलन बढ्न थालेको छ। नेपालमा बिभिन्न कार्यक्रमगरि दिवस मनाएको खबर आइरहँदा बिदेशमा पनि यससम्बन्धी कार्यक्रम हुन थालेको छ।
यसै सन्दर्भमा एक तारिखको साँझ बेलायतको एबरडीन शहरका केही सामाजिक अभियन्ताहरुले पनि चियापान कार्यक्रम गरी टोपी र मुलुकको समसामयिक बिषयबस्तुका बारेमा बहस गरे। अनौपचारिक रुपमा सम्पन्न यस कार्यक्रमको संयोजन नेपालीज हिमालयन एसोसिएशनका सचिव एबं अन्तर्राष्ट्रिय कुटनीतिमा बिद्यावारिधि गर्दै गरेका शोधकर्ता मीन भट्टले गरेका थिए । कार्यक्रमको शुरुमा एसोसिएशनका सभापति टंक थापाले टोपीको नेपाली समाजमा रहेको महत्व र अझ बिशेष गरी बिदेशमा बस्ने नेपालिहरुका लागि त झन बिशेष महत्व रहेको चर्चा गरे। बिदेशमा बस्ने नेपालीको लागि यो पहिरन म नेपाली हूँ भनेर चिनाउने एउटा पहिचानसमेत भयको चर्चा गरे।
बिदेशी भूमिमा रहेर नेपाली भाषा कला र संस्कृतिको संरक्षण गर्न नेपालीहरु जहाँ बसेका भए पनि लागिपरेका छन्। यस्ता कार्यक्रमहरुले बिदेशमा पनि जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ एउटा सानो नेपाल छ भन्ने कुराको अनुभूति दिंदो रहेछ भन्छन् कार्यक्रममा सहभागी अर्का सामाजिक अभियंता एबं बोल्टन बिश्वबिद्यालयमा सामाजिक स्वास्थ्य सम्वन्धी शोध गर्दै गरेका सहभागी माधव रेग्मी । राष्ट्रिय स्वास्थ्य सेवा औषधि बिभाग एबरडीनमा कार्यरत एबं एसोसिएशनका कोषाध्यक्ष बिजय सिग्देल अंग्रेजी नयाँ बर्ष मनाउँदा नेपाली पहिचान र पहिरनमा मनाउँदा नेपाली हुनुको आनन्द लाग्दो रहेछ भन्छन् । यसैगरी होटल ब्यवशायी पदम सिटौलाको अनुभवमा नेपाली टोपीले बिदेशमा भाइचारा र आत्मीयतामा बृद्धि गर्दोरहेछ भन्छन्।
कार्यक्रम सहभागी सबैले नेपाली ढ़ाकाटोपी लगाएर नेपाली हुनुको गौरब जनाएका थिए। सभापति टंक थापा लगायत सहभागी सबैले अन्तमा कार्यक्रम स्थल र जलपानको ब्यवस्था मिलाइदिएकोमा माधव रेग्मीलाई धन्यवाद दिएका थिए।
–कौशिक शर्मा
एबरडीनमा पनि नेपाली टोपी दिवस मनाइयो
एबरडीनमा पनि नेपाली टोपी दिवस मनाइयो

तपाईको प्रतिक्रिया