लण्डनमा पनि मनाइयो अन्तर्राष्ट्रिय टोपी दिवस

1-IMG_0243लन्डन/ नेपाल र नेपालीको रास्ट्रियता झल्काउने ढाका टोपीलार्इ अंग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ तारिखलाई टोपी दिवस मनाउने प्रचलन निकै बढ्दै गइरहेकोछ । सामाजिक संजालमार्फत सबैले टोपी दिवसलाई सफल पार्नको लागि ‘नेपाली पोशाक लगाअाैं, राष्ट्रियता जोगाअाैं’ भन्ने नारा सहित नेपाललगायत विभिन्न मुलुकमा यसको ब्यापक चर्चा चलेको थियो । महिला, पुरुष ब्रिद्ध, बालक जो कोहीको शिरमा नेपाली टोपी लगाएका तस्वीरहरु सामाजिक संजालहरुमा प्रशस्त देख्न पाइन्थ्यो । केही समय अघिबाट मात्र शुरु गरिएको टोपी दिवसलाई यसपटक भने निकै भव्यताका साथ मनाइएको अनुमान सामाजिक संजालहरुबाट लगाउन सकिन्छ ।3-IMG_0186 पश्चिमा संस्कृतिको प्रभावले गर्दा आफ्नो मौलिक संस्कृति नै खतरामा पर्न नदिनको लागि केहि युवा जमातबाट जनवरी १ तारिखका दिन मनाइने अंग्रेजी नयाँ बर्षमा नेपाली पहिचान र संस्कृतिको बारेमा सचेतना जगाउन यस्तो अभियानको शुरु गरिएको हो । के वास्तबमै नेपाल प्रतिको मोह हो या सामाजिक संजाल प्रतिको बढ्दो प्रभावका कारण यस्तो भएको हो ? त्यो भने अनुत्तरीय नै छ । हुन त देश विदेश जहाँ भएपनि नेपाल अर्थात मातृभूमि प्रतिको माया र ममताको बारेमा नेपालीहरुले देखाएको स्वाभिमान र योगदानको जति नै प्रशंशा गरे पनि कमै हुन्छ । भूकम्प, बाढीपहिरो जस्ता दैवी प्रकोप होस् या अन्य कुनै बिपत्ति नै किन नहोस्, सबैले सार्थक पार्दै आएकाछन् । जसो गरौँ जे गरौँ, यो मन त नेपाली नै हो भन्ने बोलको यो गीतको भावलाई । सोही अवसरमा बेलायतवासी नेपालीहरुले पनि टोपी दिवसलाई निकै प्रथामिकता दिएर मनाएका थिए । लन्डनस्थित हांस्लोको एक रेस्टुरेन्टमा भएको नयाँ बर्षको जमघटमा सबैजना नेपाली टोपी लगाएर उपस्थित भएका थिए भने संसारकै शिरको टोपी सगरमाथा हो, यही टोपीको सेरोफेरो हाम्रो गाथा हो बोलको गीतमा नृत्यसमेत गरिएको थियो । फोटोको लागि यहाँ क्लिक गर्नुहोला
भीडीयो हेर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित