लन्डन,हालै मात्र प्रकाशित लण्डनका “मष्ट वान्टेड ” १२ जनाको सूची अन्तर्गत एकजना २६ बर्षीय नेपाली मूलका सुमन श्रेष्ठ समावेस रहेकाछन । उनले २०१० सेप्टेम्बर देखि नभेम्बर सम्म ३ पटक सम्म चोरीको प्रयास गरेका थिए । सार्वजनिक गरिएको सूची अन्तर्गत ३९ वर्षीय विलियम ओडनाग्युले सबैभन्दा बढि १० हजार पाउन्ड बराबरको अचल सुन एकै घरबाट गत जुन महिनामा चोरी गरेका थिए ।
को को हुन् त १२ जाना कुख्यात लुटेरा हरु
१. जेरी जेम्स् डेनाने वर्ष २५, जनवारीमा विलिङटनमा चोरीको अभियोग लगायत ड्रग्स् करोबारका अभियोगी ।
२. सुमन श्रेष्ठ,वर्ष २६, हन्स्लोमा तीन वटा चोरी गरेको अभियोग लागेको र सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरसम्म दुई वटा चोरीको प्रयास गरेको ।
३.ज्याक लुइस,वर्ष २७, सेप्टेम्बरमा एडिङटनमा चोरी गरेको अभियोग ।
४. विलियम ओडनाग्यु,वर्ष ३९, जुनमा नटफिल्ड रोडमा चोरीको अभियोग ।
५. रेबिका पोले,वर्ष २३, जुनदेखि सेप्टेम्बरमा चार वटा चोरीको अभियोग ।
६. ओलु एड्सीना,वर्ष २७, सन् २०१४ को देखि फेब्रअरीसम्म चार वटा घरायसी चोरीको अभियोग ।
७. जोन जेम्स् कर्टनी,वर्ष ४०, जुलाईदेखि सेप्टेम्बरसम्म दुई चोरीको गरेको अभियोग ।
८. वज्सिच जार्निकी,वर्ष ३२, २०१३ को नोभेम्बरदेखि २०१४ जनावरीसम्म चार वटा लुटपाटको अभियोग ।
९. मारिउस क्लाउसिअस हन्टु, २७, चोरी अभियोगमा अदालतमा अनुपस्थित भएको । सन् २०१४ को जुलाईमा एक चोरी गरेको ।
१०. लार्स कार्लसन, ३५, सन् २०११ को अक्टोबरमा किंस्टोन र चेल्सीमा चोरी गरेको अभियोग ।
११. जेम्स् जोन रडफोर्ड, २८, न्यूहाम र रेडब्रिजमा सवारी साधन चोरी गरेको अभियोग लाग्नुका साथै उनी गाडी ठोक्काएको आरोपमा फरार अभियोगी समेत हुन् ।
१२. जोफ्रि ओएङ्गा, ४५, अगस्ट २०१२ देखि नेभेम्बर २०१३ मा दुई तीन चोरीको अभियोग लागेको र जरिवाना समेत नतिरेको अभियोगी हुन् ।
उक्त कुराको जानकारी “द गार्जीयन” पत्रिकाले डिसेम्बर २१ मा प्रकाशित गरेकोछ ।