सुनिता दुलाल र उनका बारेमा केहि सत्य तथ्य – अनु अधिकारी

1-12342760_1138298969514437_9094312307767856486_nनेपाली गित संगीतको दुनियाँमा गायिका सुनिता दुलालको नाम नसुन्ने ब्यक्ति सायदै कम होलान । बिशेष गरि तीजका गीतहरुबाट बढि चर्चामा आएकी सुनिता दुलाल अहिलेसम्म अबिबाहित नै छन् । प्राय गीतहरुमा आफैले मोडलिंग गर्ने गरेकी सुनिताको शारीरिक सौन्दर्यतामा पनि कुनै शंका छैन । शायद उनको सौन्दर्यता र सुमधुर स्वरकी धनि भएका कारणले नै होला उनको बिबाहको बारेमा चर्चा निकै पहिलादेखि नै नचलेको होइन । बिबाहको सम्बन्धमा उनि स्वयमले निर्धारित गरेको समय पनि बितिसकेकोछ । तर तेसपछि पनि उनले अर्को समयको निर्धारण गरेकी थिइन्, करिब दुइ बर्ष अघि हामीसंग भएको एक अन्तरवार्तामा पनि तिन बर्ष भित्रमा बिहे गर्नेछु भनेर ठोकुवा नै गरेकी थिइन् । तर यसपटक भने उनले आफ्नो बाचा पूरा गर्ने तयारीमा लागिसकेकिछन, अर्थात सुनिता दुलालको अर्को वर्ष बिहे हुने लगभग पक्का भैसकोकोछ । कहाँ र कोसंग हुनेछ भन्ने बारेमा भने औपचारिक रुपमा अहिलेसम्म उनले खुलासा गरेकी छैनन् तर आफ्नो जीवनसाथीको चयन भैसकेको भन्ने बारेमा भने पक्कै अनुमान लगाउन सकिन्छ । गीतसंगीतको क्षेत्रमा मात्र होइन समाज सेवामा पनि त्यत्तिकै लाग्ने गर्छिन गायिका सुनिता दुलाल । भूकम्प तथा अन्य कुनै पनि दैवी प्रकोप होस या त व्यक्तिगत समस्या नै किन नहोस सहयोगको लागि हर प्रयत्न गर्न उनि अघि सर्दै आएकिछन । अझ बढी जानकारी लिनको लागि हामि गायिका सुनिता दुलाल संग भेटेर कुराकानी गर्नेछौं, प्रतिक्ष्या गर्दै गर्नुहोला । सुनिता दुलालको बारेमा अनु अधिकारीले कान्तिपुर कोसेलिबाट साभार गरि तयार पारेको यो बिशेष जानकारी सुन्न नभुल्नुहोला ।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित