नेपाली गित संगीतको दुनियाँमा गायिका सुनिता दुलालको नाम नसुन्ने ब्यक्ति सायदै कम होलान । बिशेष गरि तीजका गीतहरुबाट बढि चर्चामा आएकी सुनिता दुलाल अहिलेसम्म अबिबाहित नै छन् । प्राय गीतहरुमा आफैले मोडलिंग गर्ने गरेकी सुनिताको शारीरिक सौन्दर्यतामा पनि कुनै शंका छैन । शायद उनको सौन्दर्यता र सुमधुर स्वरकी धनि भएका कारणले नै होला उनको बिबाहको बारेमा चर्चा निकै पहिलादेखि नै नचलेको होइन । बिबाहको सम्बन्धमा उनि स्वयमले निर्धारित गरेको समय पनि बितिसकेकोछ । तर तेसपछि पनि उनले अर्को समयको निर्धारण गरेकी थिइन्, करिब दुइ बर्ष अघि हामीसंग भएको एक अन्तरवार्तामा पनि तिन बर्ष भित्रमा बिहे गर्नेछु भनेर ठोकुवा नै गरेकी थिइन् । तर यसपटक भने उनले आफ्नो बाचा पूरा गर्ने तयारीमा लागिसकेकिछन, अर्थात सुनिता दुलालको अर्को वर्ष बिहे हुने लगभग पक्का भैसकोकोछ । कहाँ र कोसंग हुनेछ भन्ने बारेमा भने औपचारिक रुपमा अहिलेसम्म उनले खुलासा गरेकी छैनन् तर आफ्नो जीवनसाथीको चयन भैसकेको भन्ने बारेमा भने पक्कै अनुमान लगाउन सकिन्छ । गीतसंगीतको क्षेत्रमा मात्र होइन समाज सेवामा पनि त्यत्तिकै लाग्ने गर्छिन गायिका सुनिता दुलाल । भूकम्प तथा अन्य कुनै पनि दैवी प्रकोप होस या त व्यक्तिगत समस्या नै किन नहोस सहयोगको लागि हर प्रयत्न गर्न उनि अघि सर्दै आएकिछन । अझ बढी जानकारी लिनको लागि हामि गायिका सुनिता दुलाल संग भेटेर कुराकानी गर्नेछौं, प्रतिक्ष्या गर्दै गर्नुहोला । सुनिता दुलालको बारेमा अनु अधिकारीले कान्तिपुर कोसेलिबाट साभार गरि तयार पारेको यो बिशेष जानकारी सुन्न नभुल्नुहोला ।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
सुनिता दुलाल र उनका बारेमा केहि सत्य तथ्य – अनु अधिकारी
सुनिता दुलाल र उनका बारेमा केहि सत्य तथ्य – अनु अधिकारी
तपाईको प्रतिक्रिया