पत्रकार महासंघ यूकेका अध्यक्ष्य एनआरएन यूकेका सल्लाहकार

1-Untitled-003लन्डन । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मालाई गैरआवासीय नेपाली संघ यूकेले सल्लाहकारमा चयन गरेको छ । गैरआवासीय नेपाली संघको स्थापनादेखि सक्रिय शर्मासँग बेलायतस्थित विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । यसअघि एनआरएन यूकेको कार्य समितिमा समेत रहेर काम गरेका शर्मा एनआरएन अभियानमा दखल राख्ने पत्रकार मानिन्छन् ।
गैरआवासीय नेपाली संघ यूकेले सोमबार शर्मालाई सल्लाहकारमा नियुक्त भएको पत्र दिएको थियो । व्यक्तिगत तथा संस्थागतरुपमा नेपाल र नेपालीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पु-याएको योगदानको उच्च मूल्यांकन गर्दै सल्लाहकारमा चयन गरिएको संघले शर्मालाई दिएको पत्रमा उल्लेख छ ।
अध्यक्ष शर्मालाई संघ दिएको पत्रमा भनिएको छ, एनआरएन यूकेले आवश्यकताअनुरुप मार्गदर्शन हुने गरी सल्लाह पाउने अपेक्षा गरिएको छ । यसअघि नोभेम्बर महिनामा सम्पन्न गैरआवासीय नेपाली संघ यूकेको बैठकले बेलायतका बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सल्लाहकार चयन गरेको थियो । पत्रकार महासंघका अध्यक्षलाई पनि संघले पहिलो पटक सल्लाहकारको भूमिकामा चयन गरेको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित