बेलायतमा डेन्टल नर्स बन्नेको लागि सुनौलो अवसर

लन्डन । अंग्रजी भाषा शिक्षण तथा परीक्षाहरु गराईरहेको फर्वाड एकेडेमिक टिम लिमिटेडले आउंदो जनवरी २०१६ बाट रोजगारी प्राप्त गर्न सजिलो पर्ने कैयन भोकेसनल कोर्सहरुमा निशुल्क पठनपाठन शुरु गर्न लागेको छ । जसमा अहिलेको युगमा अति माग रहेको ब्युटी कोर्स तथा डेन्टल नर्सिंग कोर्सहरु रहेको एकेडेमिकका डाइरेक्टर संगीता मरहट्टाले बताएकी छिन् । सबैभन्दा सकारात्मक पक्ष के छ भने यी भोकेसनल कोर्सहरुका लागि विद्यार्थीले आफनो खल्तीबाट शुल्क बुझाउनुपर्ने छैन । फर्वाड एकेडेमिकले २४ प्लस लोन कार्यक्रममार्फत फन्डिंगको व्यवस्था मिलाएको र विद्यार्थीले सोही रकमबाट पठनपाठन गर्न पाउने मरहट्टाले बताइन् । सो कार्यक्रमका लागि बेलायतमा आइएलआर भएका २४ बर्ष उमेर नाघेका सबैले निवेदन दिन मिल्ने छ । विगतका बर्षहरुमा बेलायतमा नेपालीहरुको जनसंख्या ह्वात्तै बढेको भएतापनि धेरै क्षमतावान नेपालीहरु कम स्तरका पेशामा लागिरहेकोमा डेन्टल नर्सिंग र ब्युटी कोर्सहरुद्धारा गुणस्तरीय पेशामा लाग्न नेपालीहरुलाई सहयोग पुग्ने उनको भनाइ छ । नयां पेशाका बारेमा सोच्न र शुल्क नैं नतिरी आफ्नो क्षमता बढाउन समेत कतिपय व्यक्तिहरु हिच्किचाउने गरेका छन् । पुरानो नोकरी पनि जाने र नयां कामका बारेमा आत्मविश्वास नभएर त्यसो भएको हुनसक्दछ । तर बेलायतमा बसोबास गर्ने हो भने यहां उच्च डिमान्ड भएका सिपमुलक कोर्सहरु गर्न अति आवश्यक छ, बिशेषगरी समाज द्रुत गतीमा परिवर्तन भैरहेको र रोजगारी पाउन कठिन भैरहेको अवस्थामा । डेन्टल नर्सिंग कोर्सकमे कक्षा सप्ताहन्तमा जम्मा एक दिन ५ घन्टामात्र हुने र भर्ना भएको ४ देखि ६ हप्ता भित्रमा विद्यार्थिलाई पायक पर्ने गरी डेन्टल क्लिनिकमा काम गर्न जाने व्यवस्था मिलाईने पनि फर्वाडकी मरहट्टाले बताईन् । सोही कारण यो कोर्स सकिएपछि रोजगारीका बारेमा कुनैंपनि कठिनाई हुनेछैन । ब्युटी कोर्समा पनि सोही बमोजिम ब्युटी पार्लरहरुमा कामको व्यवस्था मिलाईनेछ । डेन्टल नर्सिंग कोर्समा हाल भर्ना खुलिसकेको छ र जनवरी १६ शनिबारदेखि कक्षा संचालन हुनेछन् । फर्वाड एकेडेमिक टिम लिमिटेड ०७५८१४६७१८२ ०२० ७०१८ ०२२१ ०७९०३७०८००६

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित