लन्डन, नेपालमा पत्रकारिता गर्दा गर्दै बेलायततिर छड्किएका नृपेश उप्रेतीले १४ बर्ष लामो विदेशको संघर्षपछी आफ्नो एकल गीति एल्बम निकलेकाछन । “आहान अर्को खुशी” नामक एल्बमलाई काठमाण्डौको नयाँ बानेश्वर स्थित अल्फा टावरको सभा हलमा आज एक बिशेष समारोहका बीच उक्त एल्बमको बिमोचन गरिएको थियो । बिमोचन कार्यक्रममा नयाँ तथा पुराना पुस्ताका थुप्रै पत्रकारहरुको पनि सहभागिता रहेको थियो । सोविता सडौला उप्रेती निर्मात्री रहेको उक्त एल्बममा ९ वटा गीतहरु समावेश गरिएकाछन् जुन गीतहरु नृपेश उप्रेतीद्वारा लेखिएका हुन् भने यसमा संगीत रहेको छ अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको, त्यस्तै गरि उक्त एल्बममा आवाज दिने कलाकारहरुमा शिव परियार, अन्जु पन्त, प्रमोद खरेल,राज सिग्देल, हिमाल सागरजस्ता कलाकार रहेकाछन । हुन त हिजोआज एल्बम निकाल्ने एउटा लहर नै चल्दै आएकोछ, जसलाई शोखको रुपमा धेरैले लिंदै एकाछन । अहिलेको परिवेशमा व्यावसायिक रुपमा एल्बम निकालेर त्यसको प्रतिफाल पाउने सम्भावना एकदमै न्यून छ, सीडीहरुको बिक्रि वितरण ठप्पै रहेको कुरा सबैले स्विकारेकाछन । तर व्यावसायिक रुपमा प्रतिफल नपाएपनि दर्शक र स्रोताहरुको मन जित्न सफल भएको खण्डमा त्यो नै सबैभन्दा ठूलो उपलब्धि अनि आत्मा सन्तुष्टि हुनेछ । तर यस सन्दर्भमा हेर्ने हो भने गीतकार नृपेश उप्रेती एक सफल गीतकारको रुपमा सावित भैसकेकाछन । उनले बर्तमान सांगीतिक आकाशमा एउटा छुट्टै सांगीतिक परिक्ष्यण गर्ने सोच राखेर अगाडी बढे, फलस्वरूप दुइ चर्चित अनि सांगीतिक धरातलका प्रतिपर्धि गाएकद्वय शिव परियार र प्रमोद खरेललाई एकै ठाउँमा उभ्याएर एउटा गजल निकाले ” आफ्नै जिन्दगि आफैलाई भारी भारी भाकोछ ” जुन गजलले निकै चर्चा पायो । यिनै नौला प्रस्तुतिका कारण उनका गीतहरुले छोटो समयमा नै चर्चा पाए भने कालिका एफएमबाट त्यस्तै गरि गायिका अन्जु पन्तको स्वरको गितमा स्वयं अन्जु पन्तलाई पनि आफ्नै गीतमा लण्डनको विभिन्न ठाउँमा मोडलिंग गराएर अर्को छुट्टै किसिमको प्रस्तुति दर्शक स्रोतहरुमाझा पस्केकाछन । उप्रेतीले भनेकाछन उक्त एल्बम आफ्नो फाइदाको लागि भन्दा पनि कसैलाई सहयोग गर्ने भावनाले निकालेको हो जसबाट आएको सम्पूर्ण रकम आफ्नै गृह जिल्ला चितवनमा रहेका तथा थारु चेपांग जातिका बालबालिकाहरुको शिक्ष्यामा लगानी गर्ने उनको धारणा रहेकोछ ।
गीतकार नृपेश उप्रेतीको पहिलो एकल एल्बम बिमोचन
गीतकार नृपेश उप्रेतीको पहिलो एकल एल्बम बिमोचन
तपाईको प्रतिक्रिया