लन्डन, नोभेम्बर ८ तारिख २०१५ का दिन फोल्क्सटन नेपाली कम्युनिटी र स्थानीय गोर्खा ट्रावल्सको साथै उदयमान नायिका इतिषा नेम्बांगको सक्रियतामा यूकेमा बनेको नेपाली फिल्म यू-टर्नको भब्य शो सर्न्क्लिफ फोल्क्सटनमा सपन्न भएको छ । खानपान तथा डीजेको समेत व्यबस्था रहेको उक्त फिल्म शोमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्म कस्तो लग्यो भन्ने प्रश्नको एक जवाफमा आफू आश्चर्य चकित परेको र यति राम्रो फिल्म होला भनेर समेत नसोचेको एक जना दर्शकले हर्षित मुद्रामा प्रशंसा गरेका थिए । कन्सेप्ट, कथा, टुइस्ट र अभिनयको सफल संयोजनले गर्दा यो फिल्म अहिले सम्मको सार्बधिक फिल्म हुन सक्ने अभिव्यक्ति बीएफबीएस रेडियो कर्मी रुपा पुनले दिनु भएको छ भने यू-टर्न फिल्म हेरेर सम्पूर्ण दर्शकहरुले संदेश लिन सक्ने समेत बताउनु भएको छ । सुरु देखि अन्त सम्म दर्शकहरुको वा वा को कारण उक्त शो भव्य सफल भएको बरिस्ठ समाज सेवी तथा पोखरा ट्रावलसका संचालक ग्याम गुरुङ ज्यूले दाबी गर्नु भएको छ । अब बाँकि शोहरु युकेको विभिन्न शहरहरुमा देखाइने भावी योजना रहेको निर्माण तथा निर्देशक प्रेम लामाले बताउनु भएको छ । तर कुन स्थानमा र कहिले प्रदर्शन हुनेछ भन्ने बारेमा भने अझै टुंगो लाग्न बाँकी नै छ । उक्त चलचित्रको लागि अझ बढी सफलताको कामना सहित सम्पूर्ण यू- टर्न परिवारलाई धेरै धेरै धन्यबाद ।