नेपालको राजनैतिक,सामाजिक र आर्थिक क्षेत्रहरुमा भैरहेको बढ्दो संकटका कारण देशका सम्पूर्ण जनताहरु नै पिरोल्लिएकाछन् । तेस्माथि भूकम्पले त झनै तहसनहस परिदिएकोछ्, तर देशलाइ हाँक्न भनेर अगाडी लाग्नेहरु आफ़ूअफ़ूमै भागबण्डा र कुर्सिको तानातान गर्दा नै फुर्सद छैन । यस्तो अवस्थामा निम्नस्तरका जनता लगाएत महिला र बालबालिकाहरुले बढी मात्रामा पीडा खेप्नुपरेकोछ । बिभिन्न संघसंस्थाहरुले तिनीहरुको लागि सक्दो पहल नगरेका भने होइन तर सरकार पक्ष्यको पनि तेस्मा साथ पाएको खण्डमा सुनमा सुगन्ध नै हुनीथियो । सरकारको मुख ताकेर मात्र हुदैन हामि आफै पनि केहि गर्नुपर्छ र अधि बढ्नुपर्छ भन्ने जोश र हौसला लिएर अघि बढ्दै र बढाउदै आफ्नै क्षेत्रबाट अभियान चलाउदै नमूनाको रुपमा बिगतका लामो समयदेखि समाजसेवामा कार्यरत आमा समूह सुनसरीकी संस्थापक अध्यक्ष्य तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य साथै महिला समाजसेवी श्रीमती कमला खड्कासंग एरीना टेलिभिजनले छोटो कुराकानी गरेकोछ । वास्तवमा सबै ठाउँबाट सबैले सरकारको मात्र जिम्मेवार होइन हामि आफैले पनि केहि गर्नुपर्छ भनेर लागिपर्ने हो भने पक्कै पनि असम्भव भन्ने केहि पनि हुदैन भन्ने धारणा समाजसेवी कमला खड्काको रहेकोछ । सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
महिला हिंशा तथा बालबालिका माथिको आवाज
महिला हिंशा तथा बालबालिका माथिको आवाज
तपाईको प्रतिक्रिया