लन्डन ।

नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बेलायतमा पुन प्रदर्शन हुने भएकोछ । विजया दशमी तथा दिपावलीको अवसर पारेर गत नहिना अक्टुबर २४ तारिखका दिन अल्डरसटको एम्पाएर हलमा भएको सफल प्रदर्शनी पछि दर्शकहरुको अत्यधिक माग भएका कारण यहि नोभेम्बर २२ तारिखमा लण्डनको ग्रीनफोर्ड हलमा पुन प्रदर्शन गर्न लागिएको आयोजक मध्यका बिरेन खड्काले बताए । ६ एकान ६ को अत्यधिक सफलता प्राप्त गरेपछि बनेको दीपा र दीपकको यस चलचित्रले पनि राम्रै चर्चा बटुल्न सफल भएकोछ । ६ एकान ६ मा जस्तै हाँस्य व्यंग्यमा मात्र आधारित नरहेर यो वडा नम्बर ६ चाहिं विशेष गरि एउटा कथावस्तुमा आधारित रहेर बनेकोछ ।

माता सरस्वती मुभिजको ब्यानरमा बनेको यस चलचित्रमा दीपक, दीपा, जितु, प्रियंका, दयाहांग, माग्ने बुढा, धुर्मुस, राजाराम, सिताराम कट्टेल, केदार घिमिरे, विल्सन बिक्रम, जस्ता कलाकारहरुको समिश्रण रहेकोछ । उक्त सिनेमालाइ उज्वल घिमिरेले निर्देशन गरेका हुन् भने कार्यकारी निर्देशकको भूमिका निर्मल शर्माले निभाएका छन् । प्रियंका कार्की र दयाहांग बाहेकका प्राय सबै कलाकारहरुको यस सिनेमामा लगानी रह्र्कोछ । गत महिना बेलाएतमा भएको प्रदर्शनीमा दर्शकहरुलाइ निकै हँसाउन सफल भएको थियो भने दर्शकहरुले पनि टिकटको पैसा सहि रुपमा सदुपयोग भएको भन्दै प्रतिक्रिया दिएका थिए । नेपालमा खस्किदै गएको चलचित्र व्यवशायमा यस चलचित्रले केहि उर्जा थपेकोछ ।

woda_number_6

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित