गायिका रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक

लन्डन। गायिका तथा मोडल रिया खत्रीको नयाँ गीत तथा म्युजिक भिडियो ‘यूके शहर’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीत अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ पुगेको छ।

गीतमा रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको छ। रियाले ‘यूके शहर’लाई आफ्नो सांगीतिक यात्राको नयाँ अध्यायका रूपमा लिएको बताएकी छन्। नेपालसँगै विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गरेर गीत तयार गरिएको उनको भनाइ छ।

करिब तीन वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रियाले यसअघि तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छन् भने दर्जनौँ गीत, लाइभ दोहोरी तथा म्युजिक भिडियोमा काम गरिसकेकी छन्। उनले मलेसिया, सिंगापुर, थाइल्यान्ड, कतार, यूएई, बहराइन र भारतलगायत विभिन्न देशमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्।

‘युके शहर’मार्फत विदेशमा रहेका नेपालीलाई नेपाली भाषा, संस्कृति र संगीतसँग थप जोड्ने प्रयास गरिएको रियाले बताएकी छन्। उनले गीत हेरेर प्रतिक्रिया दिन, सेयर गर्न तथा आफ्नो युट्युब च्यानललाई सब्स्क्राइब गर्न दर्शक–श्रोतासँग आग्रह गरेकी छन्।

“यूके शहर’

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट