प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै, बेलायतमा शुक्रबार बिहान १ बजे प्रत्यक्ष प्रसारण

न्युयोर्क । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय साधारण बहसलाई सम्बोधन गर्ने भएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रधानमन्त्री शाहले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको सम्बोधन न्युयोर्क समयअनुसार २४ सेप्टेम्बर राति करिब ८ बजे हुने अपेक्षा गरिएको छ। सो समय बेलायतमा २५ सेप्टेम्बर बिहान १ बजे र नेपालमा बिहान ५:४५ बजे पर्नेछ। वक्ताहरूको क्रमअनुसार निर्धारित समयमा केही तलमाथि हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बोधनको अपेक्षित समय:

  • 🇺🇸 न्युयोर्क: २४ सेप्टेम्बर, राति ८:०० बजे
  • 🇬🇧 बेलायत: २५ सेप्टेम्बर, बिहान १:०० बजे
  • 🇳🇵 नेपाल: २५ सेप्टेम्बर, बिहान ५:४५ बजे

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय साधारण बहस सेप्टेम्बर २२ देखि २६ सम्म र पुनः २८ सेप्टेम्बरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा सञ्चालन हुँदैछ। विश्वका राष्ट्र तथा सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधिहरूले महासभामा आ–आफ्ना मुलुकका धारणा तथा प्राथमिकता प्रस्तुत गरिरहेका छन्। 

यस वर्षको महासभाको मूल विषय “Restoring trust, managing transformation: A United Nations that delivers for all” अर्थात् विश्वास पुनर्स्थापना गर्दै परिवर्तन व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ निर्माण गर्नु रहेको छ।

प्रधानमन्त्री शाहको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक UN Web TV मार्फत प्रत्यक्ष हेर्न सकिनेछ। महासभाका कार्यक्रमहरू प्रत्यक्षसँगै पछि अन–डिमान्डसमेत हेर्न सकिने संयुक्त राष्ट्रसंघले जनाएको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट