बेलायतमा सर्वाधिक राशिको यती कप फुटबलको तयारी

लन्डन । यती नेपाली एसोसिएसन यूकेले ‘यती कप फुटबल प्रतियोगिता’को आयोजना गर्ने भएको छ । जसको पुरस्कार राशी बेलायतमा नेपाली समुदायभित्र यो सबैभन्दा ठूलो हुने आयोजकको दावी छ ।

संस्थाले बुधबार साउथ ह्यारोस्थित नेवा छेःमा पत्रकार सम्मेलन बोलाएर प्रतियोगिताको विवरण सार्वजनिक गरेको हो। खेलकुद सचिव हरि रेग्मीका अनुसार प्रतियोगितामा मेन र भेट्रान्स गरी दुई वर्ग रहनेछन्। मेन वर्गमा २४ टोली र भेट्रान्स वर्गमा १२ टोली सहभागी हुनेछन्। प्रत्येक टोलीमा १५ जना खेलाडी रहनेछन्, जसमा तीन जना विदेशी खेलाडी पनि समावेश गर्न पाइनेछ।

मेन वर्गका विजेतालाई ३ हजार ३ सय ३३ पाउन्ड अर्थात ६ लाख ३० हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी उप-विजेतालाई १ हजार ५ सय ५५ पाउन्ड, भेट्रान्स वर्गका विजेतालाई १ हजार २ सय २२ पाउन्ड र उप-विजेतालाई ५ सय ५५ पाउन्ड पुरस्कार राशि प्रदान गरिनेछ। यसबाहेक उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकिपर, उत्कृष्ट टोली प्रबन्धक र अनुशासित टोलीलाई विशेष पुरस्कार दिइनेछ।

यती अध्यक्ष टंक भट्टराईले यो प्रतियोगिता नेपाली समुदायलाई एकताबद्ध गर्ने एउटा माध्यम बनेको बताउँदै भने, “यसले हाम्रो समुदायलाई जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। हाम्रो लक्ष्य यसलाई निरन्तरता दिँदै अझ व्यापक बनाउनु हो।”

प्रतियोगितामा फुटबलका साथै नेपाली खाना, सांस्कृतिक स्टल, लाइभ म्यूजिक जस्ता कार्यक्रमहरू पनि रहनेछन्। दर्शकहरूका लागि प्रवेश निःशुल्क रहनेछ। उपाध्यक्ष राज पाण्डेले कप र ट्रफीहरू नेपालमै बनाइने बताउँदै यसले गर्दा नेपालीलाई आर्थिक लाभ पनि हुनेछ भने।

यसअघि सन् २०१७ मा यस्तै प्रतियोगिता भएको थियो। गत वर्ष प्राविधिक कारणले आयोजना गर्न नसकेपनि यसपटक फेरि यो ऐतिहासिक प्रतियोगिता ल्याइएको महासचिव आशिषराज पन्तले बताए। उनले भविष्यमा यतीले ‘ट्रेड शो’ गर्ने योजना बनाएको समेत जानकारी दिए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित