नेपाल पत्रकार महासंघ बेलायतका भावी कार्यक्रम सार्वजनिक

लन्डन । नेपाल पत्रकार महासंघ बेलायतको २८ डिसेम्बर शनिबार बसेको  तेश्रो पूर्ण बैठकले नयां कार्यसमितिको जिम्मेवारी यता भएका गतिविधिको समीक्षा गर्दै संस्थाको भावी कार्यक्रम तय गरेको छ ।

शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा  लन्डन साउथ ह्यारोमा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय समितिका पदाधिकारी र सल्लाहकारहरुको उपस्थिति थियो ।

साथै, उक्त बैठकले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनवाट निर्वाचित निर्मला शर्मा नेतृत्वको कार्यसमितिलाई औपचारिकरुपमा वधाई तथा शुभकामना दिने प्रस्ताव पारित गरेको छ ।

बैठकले हाल शाखाले समसामयिक विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसंगको गर्दै आएको मासिक संवाद श्रृंखलालाई निरन्तरता दिने, कोष अभिवृद्धिका लागि च्यारिटी डिनर गर्ने, प्रत्येक वर्ष जुलाई १० लाई शाखाको स्थापना दिवसका रुपमा मनाउने, स्थानीय समुदायसंग सहकार्य गरि उनीहरुका सुझाव सल्लाह लिन अन्तरसंवाद र नेपाल पत्रकार महासंघ नेपाल केन्द्रको वैदेशिक शाखाहरुप्रतिको दृष्टिकोणबारे एक अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

यस कार्यक्रममा सबै वैदेशिक शाखाको प्रतिनिधित्व गराइने भएको छ । यस अतिरिक्त शाखाले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारको नियमावली परिमार्जन गर्न शाखा सल्लाहकारहरु नवीन पोखरेल, नरेश खपांगीमगर र ध्रुवराज अर्याल रहने गरि एक समिति गठन गरेको छ ।

बैठकका अवसरमा शाखाका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरुको अन्तर्राष्ट्रिय प्रेस कार्ड (आइएफजे कार्ड) समेत वितरण गरियो ।

अध्यक्ष विमला सेनेले शाखा सम्बन्धमा देखिएका सामान्य असन्तुष्टिप्रति भ्रममा नपर्न सबैमा आग्रह गरिन् । यस्ता असन्तुष्टि क्रमशः समाधान गर्दै अगाडि बढ्ने पनि उनले बताइन् ।

सो अवसरमा क्रिसमस र अंग्रेजी नयाँ वर्ष लगायत पर्वहरुको शुभकामना आदानप्रदान समेत भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित