बेल्जियमको स्थानीय चुनावमा २५ वर्षीया प्रज्ञा र सूर्य ढकाल विजयी

बेल्जियममा आइतबार सम्पन्न स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेद्वारहरु प्रज्ञा तिमिल्सिना र सूर्य ढकाल निर्वाचित भएका छन् ।

लुभेन नगरपालिका सदस्यमा सत्ताधारी पार्टी भूरउईतबाट सूर्य ढकाल र ब्रुगे नगरपालिका सदस्यमा सत्ताधारी पार्टी क्रिस्चियन डेमोक्र्याट (सिडीएनभे) बाट प्रज्ञा तिमिल्सिना विजयी भएका हुन्  ।

ब्रुगे नगरपालिकामा निर्वाचित २५ वर्षीया प्रज्ञा कास्कीमा जन्मिएकी हुन्। उनी १० वर्षको उमेरमा आफ्ना बुवाआमासंग बेल्जियम आएकी थिइन्। उनी हाल चिकित्सा शास्त्र अध्ययनरत छिन्।

स्याङ्जामा जन्मिएका ढकाल भने लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका छन्। उनी यस अघि लुभेन सिटी हलमै कार्यरत थिए।

यसअघि उनको पार्टीबाट निर्वाचित सदस्यले राजीनामा दिए पछि करिब तीन बर्ष उनले नगर सदस्यका रुपमा काम गरेका थिए । उनी लुभेन नगरपालिका सदस्यमा पहिलो पटक प्रत्यक्ष निर्वाचित भएका हुन्।

ऐतिहासिक पर्यटकीय शहर ब्रुगे र शैक्षिक शहर लुभेनमा प्रज्ञा र सूर्यको जीतले नेपाली समुदायलाई बेल्जियममा स्थापित गराउन थप बल मिल्ने विश्वास गरिएको छ ।

यसपटक बेल्जियमको स्थानीय चुनावमा नेपालीमूलका ८ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित