४७औं मिसेस युनिभर्समा सन्तोषी कार्कीलाई ‘मिसेस युनिभर्स करिज्मा’ को उपाधि

लन्डन । बेलायतमा बस्दै आएकी सन्तोषी कार्कीले ४७औं मिसेस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस युनिभर्स करिज्मा’ को उपाधि जितेकी छन् ।

लन्डन फेशन हाउसले आयोजना गरेको आन्तरिक प्रतिस्पर्धाबाट मिसेस नेपाल युनिभर्सको ताज चुमेकी सन्तोषी ४७औं मिसेस युनिभर्समा भाग लिन गत शुक्रबार दक्षिण कोरियाको सियोल गएकी थिइन् ।

विगत ४७ वर्षदेखि आयोजना हुँदै आएको मिसेस युनिभर्समा १८ देखि ५५ वर्ष उमेरका महिलाहरुले सहभागिता जनाउंदै आएका छन् ।

यो वर्षको मिसेस युनिभर्समा विश्वका १४० देशका महिलाले प्रतिष्पर्धा गरेका थिए । जसमा नेपालको प्रतिनिधित्व गरेकी बेलायतकी सन्तोषी कार्कीले ग्रान्ड फिनालेमा ‘मिसेस युनिभर्स करिज्मा’ को उपाधि जित्न सफल भएकी हुन् ।

कार्यक्रममा सहभागिता जनाएर उनी बेलायत फर्किएकी छन् ।  ‘यसपटक मैले एउटा महत्वपूर्ण सबटाइटल जित्न सफल भएँ, धेरै कुरा सिक्ने अवसर मिल्यो । यो उपाधि मेरो सफलताको अर्को खुट्किलो हो र यसले आफूलाई थप उर्जा मिल्नुका साथै अझ बढी चुनौती थपिएको महसुस भएको छ‘- उनले भनिन् ।

अन्तराष्ट्रिय युवा उद्यमी महासंघ बेलायतकी महासचिव रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा समेत छिन् । ८ वर्षीय छोराकी आमा सन्तोषी लन्डनको एक विश्वविधालयमा प्राध्यापन गरिरहेकी  छन् । यसका साथै उनले लन्डनमा रेष्टुरेन्ट व्यवसाय समेत सञ्चालन गर्दै आएकी छिन् ।

‘४७ औं मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा सन्तोषीले एउटा महत्वपूर्ण सबटाईटल प्राप्त गरेकी छन् । नेपालीहरुले  हरेक वर्ष कुनै न कुनै उपाधि हात पार्दै आएका छन्, यसबाट आफूलाई अत्यन्त खुशी मिलेको छ’ मिसेस नेपाल युनिभर्सकी आयोजक तथा लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोलले बताइन् ।

विश्वभरका १४० देशका मिसेसहरुसंग प्रतिष्पर्धा गरेर उपाधि हात पार्नु नेपाल र नेपालीकै गौरवको विषय रहेको उनले बताइन् ।डंगोल स्वयंले सन् २०१८ मा मिसेस युनिभर्समा भाग लिएकी थिइन् ।

यसैगरी २०१९ मा विनु लामिछाने, सन् २०२२ मा सन्नी शाही र सन् २०२४ मा विमला बुढाथोकीले मिसेस युनिभर्समा प्रतिष्पर्धा गर्नुका साथै सबटाइटल हात पारेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित