अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा बेलायतका खकुराल चयन

लन्डन  । अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल (यूके) चयन भएका छन् । मंगलबार सदरमुकाम धादिङबेसीस्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनः खकुराललाई  दोस्रोपटकको नेतृत्वका लागि  चयन गरेको हो ।

नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल), उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान), बद्री खतिवडा(अमेरीका) चयन भएका छन् ।

यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान), सचिवमा राजेन्द्र थपलिया (द. कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल), सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) लाई चयन गरिएको छ।

यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके), पारस भण्डारी(अस्ट्रेलिया), विनोद उप्रेती(अस्ट्रेलिया), कमल दुवाडी(अमेरिका), छन्द प्रसाद सिलवाल (भारत) चयन भएका छन् । समाजले दिएको जानकारी अनुसार अनुसार १ जना महिला उपाध्यक्ष, महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ । महाधिवेशनको नेपाल सरकारका कृषि  तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नुपर्नेमा  जोड़ दिए । उनले प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्न आग्रह गरे ।

महाधिवेशनले  ९ बुंदे धादिङवेशी घोषणापत्र पनि पारित गरेको छ । विश्वका जुनसुकै देशमा प्रभावकारी सञ्जाल तयार, संयन्त्र निर्माण एवं समन्वय गरि अप्ठेरोमा परेकाआप्रवासी धादिङेलीहरुको सहयोग, उद्धार र पुनर्स्थापनाका लागि आवस्यक पहल कदमी गर्ने,विश्वका विभिन्न देशमा महत्वपुर्ण योगदान, व्यावसायिक दक्षता र उदाहरणीय काम गरिरहेका धादिङेलीहरुको प्रोफाइल तयार गरि उनीहरुको ज्ञान, अनुभव र श्रोतलाई जिल्लाको विकास अभियानमा जोड्न आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नेलगायतका ९ बुँदे धादिङवेशी घोषणापत्र पारित गरेको हो।

महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए । महाधिवेशनको लागि १४ देशबाट प्रत्यक्ष सहभागी भए भने भौतिक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएका  र ४ देशबाट प्रतिनिधि सहभागी हुन् नसकेको अध्यक्ष खकुरालले जनाए ।

अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।

२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनाएको थियो।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठलाई चयन गरिएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए। अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित