जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृतमा कुँवर नियुक्त

लन्डन । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको  प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) मा सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरञ्जन कुँवर नियुक्त भएका छन्।

जेनेस सलुशनका नेपाल, बङ्गलादेश, स्पेन, युके, युएस लगायत विश्वका १० मुलुकहरूमा कार्यालय छन्।

द हङकङ पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रविधिमा एमएससी तथा रुसको सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटी अफ टेलि कम्युनिकेसन्सबाट रेडियो कम्युनिकेसन्समा समेत एमएससी  गरेका कुँवरले अमेरिकास्थित द क्वांटिक स्कुल अफ बिजनेस एन्ड टेक्नोलोजीबाट एमबिए गरेका छन् ।

यसैगरी उनले  सूचना प्रणाली तथा साइबर सेक्युरिटी सम्बन्धी विभिन्न प्रतिष्ठित प्रमाणपत्रहरु पनि प्राप्त गरेका छन्। जेनेस सलुशनसँग आबद्ध हुनु भन्दा पहिले कुँवर सन् २०२१ देखि २०२४ सम्म प्रतिष्ठित अमेरिकी कम्पनी, भोन्टिएर, मा सूचना सुरक्षा सम्बन्धी वरिष्ठ निर्देशकको रूपमा काम गरेका थिए ।

त्यस्तै उनले म्याकएफी, पोलिकम, माइमकाष्ट, रिलायन्स ग्लोबलकम, शिपसर्भ, हिमालयन कम्प्युटर्स लगायतका कम्पनीहरूमा काम गरेका थिए।  पोखरामा जन्मिएर पोखरामै पढेका निरन्जनले उच्च शिक्षाको क्रममा रुसमा ६ वर्ष तथा हङकङमा ८ वर्ष बिताएका थिए।म विश्वका प्रमुख कम्पनीहरूमा २५ वर्ष सम्म काम गरेको आफ्नो अनुभवको  उपयोग गर्दै अर्थपूर्ण काम गर्न खोजिरहेको थिएँ।

खासगरी आफ्नो मातृभूमिको लागि योगदान गर्ने तथा  नेपालमा सूचना प्रविधिका सम्भावनाहरूको उपयोग गर्दै  ठुलो समुदायका लागि सम्पत्ति र समृद्धिका अवसरहरू सिर्जना गर्ने उपयुक्त माध्यम के हुनसक्छ भन्ने बारे मैले सोचविचार गरिरहेको थिएँ । यसै बेला मेरो अन्जनीजीसँग भेट भयो ।

नेपाल लगायत विभिन्न मुलुकमा नव प्रवर्तनमा आधारित प्राविधिक समाधानहरू सहित स्थानीय कम्पनीहरूलाई सघाउन जेनेस सलुशनले गरिरहेका कामहरूबारे  उनले बताउनुभयो।  साइबर सेक्युरिटी, क्लाउड, कृत्रिम बौद्धिकता (एआइ), डेटा र सफ्टवेयर इन्जिनियरिङ आदि क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सेवा दिन जेनेस सलुशनले गरिरहेका कामहरूलाई अर्को उचाइमा पुराउन हामीले सहकार्य गर्ने निधो गर्‍यौँ,’ उनले भने।

निरञ्जन कुँवरलाई जेनेस सलुशनको ग्लोबल टिममा स्वागत गर्दै जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलले भने, ‘जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) को रूपमा निरञ्जन कुँवरलाई स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौँ।  सूचना प्रविधि तथा साइबर सेक्युरिटीको क्षेत्रमा लामो अनुभव भएका निरञ्जनजीको अनुभव जेनेस सलुशनको वृद्धि र सफलता तथा  ग्लोबल टिमका लागि समेत निकै महत्त्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ।’

गएको १७ वर्ष देखि बेलायतमा बसिरहेका निरञ्जनकी श्रीमती, दुई छोराछोरी र एक कुकुर छन्।  नेपाली बाहेक अङ्ग्रेजी, रुसी र हिन्दी भाषा बोल्ने निरञ्जन एक धावक पनि हुन्।  नियमित रूपमा योग र  ध्यान गर्ने उनी सिनेमा हेर्न, पुस्तक पढ्न र यात्रा गर्न रुचाउँछन्।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक