लन्डनमा नेपाली सेलिब्रेटीका संघर्ष र सफलताको कथा

लन्डन । बेलायतको नेपाली समुदायमा हुने भन्दा भिन्न कार्यक्रम भयो सप्ताहन्त ।

नेपालबाट आएका प्रभावशाली व्यक्तित्वहरुमाझ तन्नेरी पुस्ताले व्यवसाय र उद्यमसम्बन्धि आफ्ना नयाँ सोच रअवधारणा साटासाट गरे।

युवा प्रपर्टी व्यवसायी निक धिमाल र उनको टीमले आयोजना गरेको तेस्रो ‘इन्सपाएर एक्स’ नामक बिजनेस इभेन्टलाईउनीहरुले नेटवर्किङ र अनुभव आदानप्रदानका लागि सदुपयोग गरे ।

कार्यक्रमको आकर्षण थिए नेपालबाट आएका अभिनेत्री मनिषा कोइराला, पूर्व मिस नेपाल श्रृंखला खतिवडा र नेपालीबैंकिङ जगतका एक प्रभावशाली सिइओ अनिलकेशरी शाह ।

विशेष वक्ताका रुपमा उनीहरुले आफ्नो सफलताका कथा मात्रै सुनाएनन्, तन्नेरी पुस्ताका नयाँ सोच र अवधारणासुनेर हौसला पनि प्रदान गरे ।

अभिनेत्री कोइरालाले क्यान्सर रोगपछिको मानसिक तथा शारिरीक पीडा, विरामी हुँदा आत्मबलको भूमिकादेखिबलिउड निर्देशक सन्जय लिला भन्सालीको वेव सिरिज ‘हिरामण्डी’ को अनुभव पनि सांटिन् ।

पूर्व मिस नेपाल श्रृंखलाले आफ्नो मिस नेपालयात्रा र करिअरबाहेक सामाजिक सन्जालमा खेप्नुपरेका अनावश्यकआलोचना र गालीबारे पनि सुनाइन् ।

सो अवसरमा बेलायतस्थित युवा व्यवसायी नेपाल फुड्सका सिइओ विकास नेपाल, प्रपर्टी व्यवसायी निक धिमाल र‘सर्ट लिज किङ’ का रुपमा परिचित जेसन पिटरसनले पनि आफ्ना संघर्ष र सफलताको कथा सुनाए ।

नेपालले एउटा विद्यार्थीका रुपमा सन् २००९ मा बेलायत आएर कसरी सफल उद्यमी बन्न सफल भए भन्नेबारे प्रेरणादायीकथा सुनाएका थिए ।

बेलायतमा वर्षेनी आयोजना हुंदै आएको ‘इन्सपायर एक्स’ नयाँ पुस्ता लक्षित बिजनेस इभेन्ट हो । जुन प्लेटफर्ममाउनीहरुलाई नेटवर्किङ, अनुभव आदानप्रदान र प्रोत्साहनको अवसर दिलाउने प्रयास गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित