लन्डनमा आइतबार हुने नेपाली मेलामा पांच हजार बढी सहभागी हुने

लन्डन । यही आइतबार २५ अगष्टका दिन लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा हुने १५ औं नेपाली मेलामा पांच हजारेदेखी सात हजार मानिसहरुको सहभागिता रहने नेपाली मेलाका आयोजक तमुधिं यूकेले जनाएको छ ।

तमुधिं यूकेले मिचेटस्थित तमुधिं भवनमा आइतबार एक पत्रकार सम्मेलन गरि नेपाली मेलाबारे जानकारी गराउंदै नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हरेक वर्ष नेपाली मेलाको आयोजना गर्दै आएको छ ।

बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने उक्त मेला हेर्न १२ वर्षमाथिका वयस्कलाई ५ पाउण्ड, कार पार्किङ ५ पाउण्ड र १२ वर्ष मुनीकालाई निशुल्क प्रवेश व्यवस्था मिलाइएको छ । तमुधिं यूकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ तमुधिं यूकेले सन् २००९ देखि नेपाली मेलाको आयोजना गर्दै आएको हो ।

बेलायतको नेपाली समुदाय र संघसंस्थाबीच सम्बन्ध प्रगाढ बनाउन एवं स्थानीय समुदायमा नेपाली कला, संस्कृति, रहनसहन र परम्परालाई सम्बर्धन र प्रवर्द्धन गर्न नेपाली मेलाले  महत्वपूर्ण योगदान पुर्याउंदै आएको छ ।

मेलामा नेपाली खाना, हस्तकला, पोशाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका दर्जनौं व्यापारिक स्टल रहने छन्  । यसैगरी मेलामा थप आकर्षणको रुपमा राफल ड्र पनि राखिएको छ, जसमा  ३००, २०० र १०० पाउण्डको पुरस्कार राखिएको आयोजकले बताए।

बेलायतवासी नेपालीहरुलाई लक्षित नेपाली मेलामा सहभागी हुन् तमुधिं यूके अध्यक्ष हरि गुरुङले सम्पूर्ण बेलायतवासी नेपालीहरुमा आग्रह गरेका छन् । विगतको तुलनामा केहि फरकपन ल्याउन झाँकी, रुट तथा स्टेज व्यवस्थापनमा केहि परिवर्तन गरिएको गुरुंगले जानकारी दिए । तमुधिं यूकेले नेपाली मेलाको सुरुवात गरेपछि पछिल्लो समयमा अरुपनि नेपाली मेला तथा भेलाको आयोजना हुँदै गएको बताउंदै आफूहरुले सुरु गरेको प्रयासले वृहत रुप लिंदै गएको उनले बताए ।

मेला संयोजक तथा संस्थाका उपाध्यक्ष परशु गुरुङले यसपटक मेलामा विभिन्न मौलिक झांकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने बताए । नेपाली कला, संस्कृति, रहनसहन र परम्परा चिनाउन र यसलाई दोस्रो पुस्तामाँझ पुस्तान्तरण गर्न नेपाली मेलाको महत्वपूर्ण योगदान रहने गुरुङले  बताए ।

उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने समूहलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरिने छ भने रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल प्राप्त गर्नेछन् ।

झांकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, रनरअपलाई ३०० पाउण्ड, र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिनेछ ।

एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड प्रदान गरिनेछ ।

मेलामा हुनसक्ने आपतकालिन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्थाको लागि सम्पूर्ण व्यवस्थापन मिलाइएको छ।

सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघका नयाँ कार्यसमितिलाई तमुधिं यूकेले बधाई तथा शुभकामना व्यक्त गर्दै तमुधिं यूके अध्यक्ष र आमा समूहकी अध्यक्षले समायाको चिनो प्रदान गरेका थिए । यसैगरी नेपालबाट भर्खर लन्डन आइपुगेकी नेपाल प्रेस युनियनकी केन्द्रिय उपमहासचिव दिलिपाश्री अधिकारीलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा तमुधिं यूके संस्थापक अध्यक्षहरु, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, पूर्व अध्यक्षहरु, काउन्सिलर धनबहादुर सार्कीसहित तमुधिं यूकेका ट्रष्टीहरु, सल्लाहकारहरु, आमा समूहकी अध्यक्ष तथा पदाधिकारी, तमुधिं यूकेका इकाई समिति अध्यक्षहरु लगायत सहभागी थिए ।

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए । यसपटक नेपाली मेलाको प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुले प्रत्यक्ष्य प्रशारण गर्ने मिडिया संयोजक एसके गुरुंगले जानकारी दिए ।

 

 

 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित