अस्मिता आले प्रतिष्ठित इंग्लिश् प्रिमियर लिग क्लब लेष्टर सिटीमा अनुबन्ध

लन्डन- नेपाली मूलकी बेलायती फुटबलर अस्मिता आले प्रतिष्ठित इंग्लिश् प्रिमियर लिग क्लब लेष्टर सिटीमा अनुबन्ध भएकी छन्।

यसअघि अर्को प्रिमियर लिग क्लब टोटनम हटस्परसंगको सम्झौता अवधि पूरा भएपछि उनले लेष्टरसंग नयाँ सम्झौता गरेकी हुन् ।

लेष्टर सिटीसंग अस्मिताको सम्झौता आगामी तीन वर्षका लागि छ । केहि साताअघि सम्झौतामा हस्ताक्षर गरेपछि उनले खुशी व्यक्त गर्दै भनेकी छन्, ‘यो क्लबले लगातार राम्रो गरिरहेको छ । अब हाम्रो आकांक्षा पनि अझै माथि पुग्ने छ । त्यो यात्रामा क्लबसंगै अघि बढ्न म निकै उत्साहित छु।’

२२ वर्षीया डिफेन्डर अस्मिता लेष्टर सिटीमा अनुबन्ध हुनुअघि सन् २०२१ देखि टोटनाम हटस्परमा अबद्ध रहेर खेल्दै आएकी थिइन् । तर लेष्टरसंग स्थायी सम्झौता गर्नु केहि महिनाअघिदेखि नै उनी टोटनम हटस्परबाट लोन सम्झौतामा रिलिज भएर लेष्टरकै लागि खेल्दै आएकी थिइन्।

अस्मिताले इंग्ल्यान्डलाई प्रतिनिधित्व गर्दै अन्डर १७, अन्डर १८ र अन्डर १९ टीमबाट समेत खेलिसकेकी छन् । गत वर्ष सम्पन्न युरोपियन अन्डर २३ लिगको उद्घाटन खेलमा समेत उनी इंग्ल्यान्डको टीममा समावेश थिइन् ।

प्रोफेसनल फुटबलरका रुपमा अस्मिताले पहिलो सम्झौता सन् २०१८ मा इंग्लिश् प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट पाएकी थिइन् । सन् २०२१ सम्म एस्टन भिल्लामा रहंदा उनले क्लबका लागि ५० खेल खेलेकी थिइन् ।

त्यसपछि टोटनम हटस्परमा सन् २०२१ देखि २०२४ सम्मको अवधिमा अस्मिताले ३१ खेल खेलिन् । लेष्टरमा लोन सम्झौतामा आइसकेपछि पनि उनी आधा दर्जन खेलमा सहभागी भइसकेकी छन् ।

संसारभर प्रतिष्ठित इंग्लिश् फुटबलकै सर्वोच्च प्रिमियर लिग खेल्ने क्लबमा अफिसियल सम्झौता पाउने अस्मिता नेपाली मूलकी पहिलो फुटबलर हुन् ।

तनहुं दमौली स्थायी घर भएका पूर्व गोर्खा अमृत आले र वसन्ती आलेकी सुपुत्री हुन् अस्मिता ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित