१५ औं नेपाली मेलालाई विशेष आकर्षक बनाउने तयारीमा तमुधिं यूके

लन्डन । बेलायतको नेपाली समुदायबीच अत्यन्त लोकप्रिय इभेन्ट मानिने नेपाली मेलाको १५ औं संस्करणलाई थप विशेष बनाउन आयोजक संस्था तमुधिं यूके प्रयत्नशील छ ।

बेलायतमा ‘मिनी नेपाल’ को रुपमा परिचित नेपाली मेला यही २५ अगष्टमा लन्डनस्थित केम्पटन पार्क रेसकोर्षमा हुंदैछ । तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा सन् २००९ देखि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ हजारौं नेपालीको उपस्थितिमा हरेक वर्ष मेला गर्दै आएको छ ।

मेलाको तयारी लगभग ८५ प्रतिशत सकिइसकेको तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले जानकारी दिए । केम्पटन पार्क अथोरिटीसंग अन्तिम बैठक बसेर भेन्यू निर्धारण, स्टल बुकिङलगायत काम सकिइसकेको अध्यक्ष गुरुङले जनाए । प्रमुख अतिथी कार्यवहाक राजदूत रोशन खनाल हुनेछिन् ।

स्टल बुकिङको जिम्मा लिएका वरिष्ठ उपाध्यक्ष जुम काजी गुरुङले स्टल सबै बुक भइसकेको जनाए । यसपटक तीन दर्जन बढी नेपाली संघसंस्थाले झांकी प्रदर्शन गर्ने निश्चित भइसकेको छ । मेलामा सांस्कृतिक नृत्य प्रतियोगिता पनि मुख्य आकर्षण हुनेछ ।

अध्यक्ष गुरुङले भेन्यू खर्च अघिल्लो वर्षभन्दा झण्डै ५० प्रतिशत वृद्धि भएपनि दर्शकका लागि प्रवेश शुल्क ५ पाउण्ड र पार्किङ शुल्क ५ पाउण्ड नै राखिएको जनाए ।

मेला बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । यसपटक झांकी पहिले भन्दा एक घण्टा अगाडि ११ बजेदेखि नै शुरु गर्ने तयारी भएकाले संघसंस्थाहरुलाई समयमै आइदिन अध्यक्ष गुरुङले अपिल गरे ।

‘नेपाली एवं तमु कला संस्कृति, संस्कार, भेषभूषा, रहनसहन संवर्धन, प्रवर्धन र नयां पुस्तामा हस्तान्तरण नै मेलाको मुख्य उद्देश्य हो’, अध्यक्ष गुरुङले भने, ‘हामी समस्त नेपालीहरुलाई मेलामा आएर रमाइलो गर्न अनि हाम्रो उद्देश्य पुरा गरिदिन अनुरोध गर्दछौं ।’

मेलामा नेपाली खाना, हस्तकला, पोशाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका स्टल रहनेछन्।

मेलामा यसपटक पनि नेपालमा समेत लोप हुन लागेका नौमती बाजा, ढोलक, डम्फु, झ्याम्टा, मादललगायत परम्परागत बाजागाजा पनि मेलामा राखिने आयोजकले बताएका छन् ।

नेपाली मेला तयारी सम्बन्धमा विस्तृत जानकारी दिन यही अगष्ट १८ तारिख आइतबार पत्रकार सम्मेलन गरिने तमुधिं यूकेका मिडिया कोअर्डिनेटर एसके गुरुङले जनाए ।

यसपटक नेपाली मेलाको प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरु आउने उनले बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित