तमुधिं यूकेले १८ अगष्टमा नेपाली मेलाको पत्रकार सम्मेल तथा एफएनजे नयाँ कार्यसमितिलाई सम्मान गर्दै

लन्डन । तमुधिं यूकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्ने भएको छ ।

यही अगष्टमा अयोजना हुन गइरहेको नेपाली मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनको अवसर पारेर विमला सेने नेतृत्वको नयाँ कार्यसमितिलाई सम्मान गर्न लागिएको हो ।

अगष्ट १८ तारिख आइतबार तमुधिं यूकेले आफ्नै भवनमा गर्न लागेको पत्रकार सम्मेलनमा छैटौं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई कार्यक्रम गर्न लागिएको तमुधिं यूकेका मिडिया संयोजक एसके गुरुङले बताए ।

बेलायती नेपाली समाजमा अग्रणी संस्थाको रुपमा परिचित तमुधिं यूकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराकासाथ हरेक वर्ष गर्दै आएको नेपाली मेला यो वर्ष यही अगष्ट २५ तारिख गर्दैछ ।

तमुधिं यूकेले हरेक वर्ष गोर्खा कप पछि दोस्रो ठुलो इभेन्टका रुपमा नेपाली मेला गर्दै आएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित