लन्डन । बेलायतस्थित नेपाली पत्रकारहरु यतिखेर नयां नेतृत्व चुन्न जुटेका छन् । आउंदो साता १४ जुलाईमा हुने छैटौं महाधिवेशनका लागि शनिबार भएको मनोनयन दर्तामा अध्यक्ष पदमा श्यामकुमार लुँइटेल, बिमला सेने र दिनेशकुमार परियारको उम्मेदवारी परेको छ ।
१५ सदस्यीय कार्यसमितिको अध्यक्षबाहेक बांकी सबै पद निर्विरोध भएको प्रमुख निर्वाचन आयुक्त नरेश खपाङ्गीमगरले जनाएका छन् ।
निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको प्रथम नामावली अनुसार वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ, र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध भएका छन्।
त्यस्तै, सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) सर्वसम्मत भएका छन्।
उम्मेदवारीमा रित नपुगेको भन्ने शंका लागेमा प्रमाणसहित दाबीविरोध गर्न १० जुलाई दिउँसो १२ बजे सम्मको समय तोकिएको छ भने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा उम्मेदवार स्वयंले लिखितरुपमा पनि सोही समयावधिभित्र निवेदन दिई फिर्ता लिन सक्ने समितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र निम्न उम्मेदवारहरुको निम्न पदमा उम्मेदवारी पर्न गएको जानकारी गराउँदछु । निजहरुको उम्मेदवारी रित नपुगेको भन्ने शंका लागेमा प्रमाणसहित दाबीविरोध गर्न १० जुलाई दिउँसो १२ बजे सम्मको समय तोकिएको छ । साथै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा उम्मेदवार स्वयंले लिखितरुपमा पनि सोही समयावधिभित्र निवेदन दिई फिर्ता लिन सक्नुहुन्छ । यी सबै कार्य fnjukelection2023@gmail.com मा लिखितरुपमा गर्नहुन सादर अनुरोध छ ।
| पद | संख्या | नाम | कैफियत |
| अध्यक्ष | १ | १. श्यामकुमार लुइँटेल | |
| २. बिमला सेने | |||
| ३. दिनेशकुमार परियार | |||
| वरिष्ठ उपाध्यक्ष | १ | १. नरेन्द्र बस्नेत क्षेत्री | |
| उपाध्यक्ष (खुला) | १ | १. शिव भण्डारी | |
| उपाध्यक्ष (महिला) | १ | १. प्रमिला लाबुङ राई | |
| महासचिव | १ | १. खेमराज रानाभाट | |
| सचिव | २ | १. मन्जु भण्डारी खरेल | |
| २. विश्वासदीप तिगेला | |||
| कोषाध्यक्ष | १ | १. सविन्द्रकुमार गुरुङ | |
| सहकोषाध्यक्ष | १ | १. सुरेन्द्र इङनाम | |
| सदस्य | ६ | १. वाचस्पति रेग्मी | |
| २. बमबहादुर थापा | |||
| ३. अमित थेबे | |||
| ४. नगेन्द्रराज नेम्वाङ | |||
| ५. गोमा राना | |||
| ६. मिलनध्वज गुरुङ (मिलन तमु) |
भवदीय
नरेश खपाङ्गीमगर
प्रमुख निर्वाचन आयुक्त
६ जुलाई २०२४






