पत्रकार महासंघ यूकेको निर्वाचन समिति विस्तार, कानूनी सल्लाहकारमा तिगेला

लन्डन- नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि गठित निर्वाचन समिति विस्तार गरिएको छ ।

सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले निर्वाचन समितिलाई पूर्णता दिएको हो ।

बैठकले यसअघि शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा शाखाका सल्लाहकारद्वय पूर्ण गुरुङ र प्रजय शुक्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, निर्वाचन समितिलाई आवश्यक कानूनी परामर्शको लागि सोलिसिटर उत्तरमान तिगेलालाई कानूनी सल्लाहकारमा नियुक्त गरिएको छ ।

बैठकले यही जुलाई १४ मा हुने शाखाको छैठौं अधिवेशन आयोजनाका लागि उपाध्यक्ष प्रमिला लावुङ राईलाई संयोजक तोकेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारलाई कार्यक्रम संयोजक र कोषाध्यक्ष एसके गुरुङलाई आर्थिक संयोजकको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

बैठकले निर्धारित मितिमै अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघ केन्द्रीय समितिसंग समन्वय गर्ने र शाखाका सम्पूर्ण सदस्यलाई सहभागिता तथा सहयोगको लागि आव्हान गर्ने निर्णय समेत गरेको छ ।

शाखा अध्यक्ष ध्रुवराज अर्यालले अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम, कार्यसमिति सदस्यहरु गोमा राना, मिलन तमु, बाचस्पति रेग्मी, बम थापा सूर्यवंशी साथै पर्यवेक्षकका रुपमा केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेलाको सहभागिता थियो ।

शाखाको आगामी जुलाई १४ मा अल्डरसटमा तय अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित