पत्रकार महासंघ बेलायतमा ४० सदस्य स्वीकृत, जुलाईमा अधिवेशन

पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश भएको छ ।

शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा बिहीबार बेलुका सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७,नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गर्दै केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रत्यक्ष र भर्चुअल दुई माध्यममा सिंगो कार्यसमितिको शत प्रतिशत सहभागिता रहेको बैठकले सदस्यता आवेदनका सम्बन्धमा सर्वसम्मत निर्णय गरेको हो ।

यसअघि सदस्यता आवेदनका लागि निर्धारित समयभित्र प्राप्त कुल ७० आवेदनमध्ये तोकिएको मापदण्ड  र योग्यता पुग्ने आवेदनहरु स्वीकृत गरिएको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

बैठकले शाखाको छैठौं अधिवेशन आगामी जुलाई १४ आइतबार अल्डरसटमा गर्ने निर्णय गरेको छ । अधिवेशनको लागि भेन्यू टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमिला लावुङ राईलाई दिइएको छ ।

त्यस्तै, नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरु चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ ।

शाखाको सदस्यताका लागि सिफारिश भएका सदस्यहरुमध्ये नविकरणतर्फ नवीन पोखरेल, देवराज,आचार्य चिरन,दिनेशकुमार परियार,नरेश खपांगीमगर,मिलन शर्मा,नारायण पौडेल गाउँले,श्यामकुमार लुइंटेल, पूर्णबहादुर गुरुङ, नरेश काङमाङ राई,भगिरथ योगी, ध्रुवराज अर्याल, शिव भण्डारी,विमला सेने,एभरेष्ट गौतम,फडिन्द्र भट्टराई,प्रजय शुक्ल,बाचस्पति रेग्मी,नरेन्द्र बस्नेत,प्रमिला लाबुङ राई,डा शिव तिवारी,जमुना पुन,गोमा राना,सर्बिन्द्र कुमार (एसके) गुरुङ,नगेन्द्रराज नेम्वाङ,सुरेन्द्र इङ्नाम,दूतबहादुर पुन,कुशल श्रेष्ठ,विश्वासदीप तिगेला, मिलन तमु गुरुङ,सञ्जयभक्त कंडेल,मञ्जु भण्डारी खरेल,डा जगन्नाथ कार्की,बमबहादुर थापा,जयराम तामाङ,खेमराज रानाभाट,विपिन निरौला र किरण राई छन् ।

यसैगरी गोर्खा मिडियाका प्रकाश गुरुङ र नेपाली समाचारका सम्पादक अमित थेवेलाई नयाँ सदस्यता शिफारिस गरिएको छ भने स्थानान्तरणमध्येबाट संस्थाका पूर्व कोषाध्यक्ष तथा संस्थापक सदस्य देवी गौतमलाई शाखाले शिफारिस गरेको छ ।

नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता लिन तथा यसअघि नै कायम रहेको सदस्यता नवीकरणका लागि तोकिएको मापदण्ड अनुसार सदस्यताका लागि शाखाले शिफारिस गरेको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित