लन्डनको वुल्लीचमा २५६८ औं बुद्ध जयन्ती मनाइंदै

लन्डन । बुद्ध फाउण्डेशन यूकेले २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर भव्य कार्यक्रम गर्ने भएको छ । आउँदो जुन २ तारिख आइतबार बुद्ध जयन्ती कार्यक्रमको छैटौं संस्करण लण्डनको वुल्लीच (वुल्वीच) स्थित  जनरल गोर्डन स्क्वायरमा गर्न लागिएको जनाएको छ ।

विगतका वर्षमा सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको बुद्ध जयन्ती कार्यक्रम स्थान अभावका कारण यसपटक भने वुल्लीचमा गर्न लागिएको हो ।

आइतबार वुल्लीचस्थित लिटल काठमाडौं रेष्टुरेन्टमा एक पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध फाउन्डेसनयूकेले भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

कार्यक्रमलाई थप आकर्षक र पृथक बनाउने उद्देश्यले साढे तीन फिटको मूर्ति नेपालबाट मगाइएको छ र त्यसमा अतिथीहरुले मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गर्ने योजना छ । बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्यले बुद्धको जन्मदेखि मृत्युसम्मका विवरण समावेश गरि उक्त क्यानभास बनाएका हुन् ।

लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको समेत सहयोगमा आयोजना हुन् गइरहेको यस कार्यक्रमको मुख्य उद्देश्य विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मोत्सव विशेष रुपले मनाउन तयारी व्यापक भइरहेको जनाउंदै लुम्बिनीलाई पर्यटक गन्तव्यका रुपमा विकास गर्ने यसको लक्ष्य रहेको फाउण्डेशन अध्यक्ष दीपक श्रेष्ठले जनाए ।

नेपाली जहाँ रहेपनि आफ्नो जन्मभूमीको लागि केहि गर्नुपर्ने सोचकासाथ् अघि बढ्नुपर्ने बताउंदै उक्त दिन सबैजनालाई उपस्थित हुन् श्रेष्ठले आग्रह गरे ।

कार्यक्रम संयोजक एवं फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्ने उद्देश्य रहेको र कार्यक्रममा सहभागी हुन नेपाली दूतावासले विदेशी कूटनीतिज्ञहरुलाई निमन्त्रणा पठाइएको पनि कंडेलले बताइन् ।

सल्लाहकार एवं रोयल बरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटले आफ्नो ऐतिहासिक बरोमा हुन लागेको बुद्ध जयन्ती कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने बताउंदै यसले नेपाल पर्यटनलाई प्रवर्धन गर्न मद्दत पुरयाउने आशा पनि व्यक्त गरे ।

करिब ८ हजार पाउण्ड खर्च लाग्ने अनुमान रहेको र प्रायोजकमार्फत आर्थिक स्रोत जुटाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दिउसो २ देखि सांझ ७ बजेसम्म कार्यक्रम तय गरिएको कार्यक्रममा हिमाल, तराई र पहाडसहित नेपाल झल्कने सांस्कृतिक प्रस्तुति रहनेछ । नेपाली राष्ट्रिय कलाकारहरुले गीत पनि गाउनेछन् ।

बालबालिकालाई बुद्ध दर्शन सम्बन्धि जानकारी दिन पुस्तक र नेपाल सम्बन्धि नेपाली हस्तकला सामग्री पनि परदर्शन गरिनेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित