गायिका आनी छोइङ ८ वर्षपछि बेलायतमा

लन्डन- गायिका तथा समाजसेवी आनी छोइङ ड्रोल्मा ‘इनर मेलोडी फर इनर पिस’ लाइभ कन्सर्टको लागि बेलायत आइपुगएकी छन् । मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मे ५ मा बेलायतको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा आयोजना हुन गइरहेको च्यारिटी कार्यक्रममा प्रस्तुति दिन उनी बुधबार साँझ लण्ड हिथ्रो विमानस्थलमा उत्रिएकी हुन् ।

गायिका आनीका साथमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी पनि लन्डन आएका छन्। उनीहरुलाई विमानस्थलमा स्वागत गर्न च्यारिटी कन्सर्ट आयोजक मानवसेवा आश्रम बेलायत शाखाका पदाधिकारी र बेलायतस्थित नेपाली समुदायका अभियन्ताहरुले हिथ्रो विमानस्थलमा गायिका आनी र अध्यक्ष अधिकारीलाई स्वागत गरे।

उनीहरुको स्वागतार्थ मानवसेवा आश्रम बेलायतका सहसंयोजक विक्रम भट्टराई, सचिव यादव श्रेष्ठ, कोषाध्यक्ष चन्द्र अर्याल, सल्लाहकारहरु शिवजी श्रेष्ठ र सुरेन्द्र नेपाल श्रेष्ठलगायत विमानस्थल पुगेका थिए।

लन्डन उत्रिएलगत्तै विमानस्थलमाबाटै मानवता दर्शाउन बेलायतवासी सम्पूर्ण नेपालीलाई उक्त च्यारिटी कार्यक्रममा उपस्थित हुन अपील गरिन्। बेलायतको व्यस्त जीवनलाई मुक्ति दिलाउन आफ्नो सांगीतिक प्रस्तुतिले सहयोग पुग्ने उनले बताइन् ।

देशका विभिन्न स्थानमा रहेका अनाथारुको व्यवस्थापनका लागि आफूहरु लागिपरेको  मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । कार्यक्रमबाट संकलन गरिने रकम घरबार र परिवारविहीनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने जनाए ।

अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको लेकसाइड कन्ट्री क्लबमा आयोजना हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताए । कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ । कार्यक्रम तयारीका लागि मानवसेवा आश्रमका सुमन वर्तौला र रुपा केसी केही साताअघि नै बेलायत आइसकेका थिए भने कन्सर्टमा लाइभ संगीत प्रस्तुत गर्ने चार संगीतकर्मी पनि मंगलबार आइपुगेका छन्।

च्यारिटी कार्यक्रम सकेपछि गायिका आनीले आनी स्कटल्यान्ड, वेल्स लगायतका क्षेत्र पुगेर त्यहाँका नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी मे १९ मा नेपाल फर्किने योजना छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित