लण्डनमा उत्साहपूर्वक मनाइयो ३०२ औं पृथ्वी जयन्ती

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस  लण्डनमा उत्साहपूर्वक रुपमा  मनाइएको छ ।

संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम अध्यक्ष क्षेत्री र प्रमुख अतिथी नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले पानसमा दीप प्रज्ववलन गरि संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनको सम्मान गर्न कन्जुस्याँई गर्न नहुने धाराणा व्यक्त गर्दै सहभागीहरुले पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरेका थिए ।

प्रमुख अतिथी श्रीमती खनालले पृथ्वी नारायण शाहको एकीकरण अभियानको स्मरण गर्दै उनीप्रति श्रद्धा सुमन व्यक्त गरेकी थिइन् ।

विशेष अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले नेपालमा गणतन्त्रवादी भन्नेहरुले पृथ्वी नारायण शाहको नाम समेत लिन छोडिसकेको अवस्थामा भरत क्षेत्रीले सन् २००७ देखि निरन्तर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएकामा धन्यवाद दिए । डा. धितालले पृथ्वीनारायणले त्यतिबेला एकीकरण नगरेको भए आज नेपाल नाम नै नरहने टिप्पणी पनि उनको थियो ।

अर्का विशेष अतिथी एन आर एन ए अभियन्ता प्रम गाहामगरले पृथ्वी नारायण शाहको योगदानको बारेमा प्रष्ट्याउँदै देशमा युवा नेतृत्वको खाँचो रहेको बताए । उनले एनआरएनए यूकेको प्रमुख एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता रहेको जनाउंदै नेताहरुले दोहोरो नागरिकताका नाममा देशलाई सिक्किम र फिजी बनाउन लागिरहेको दावी गरेका थिए ।

यसैगरी कार्यक्रमकै अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय नेतृत्वमा रहेकी युवा नेतृ खुश्बु ओलीले माओवादी केन्द्रको नेतृत्वले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कटौती गरेर इतिहासमाथि नै अपमान गरेकामा १६ वर्षपछि राप्रपाको पहलकदमीमा माओवादी केन्द्र नेतृत्वकै सरकारले दिवसमा विदा दिन थालेको जनाइन् । शाह राजामात्र नभएर राष्ट्र निर्मातासमेत रहेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा विकल चन्द्र आचार्यले पृथ्वी नारायण शाहले गरेको एकीकरणको पाटोलाई उल्लेख गरेका थिए । उनको दुरदर्शिता र कुशल नेतृत्वबाट सबैले सिक्षा लिनुपर्ने आचार्यले बताएका थिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने सभापति संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायत अध्यक्ष भरत क्षेत्रीको धारणा थियो । नेपाली दूतावासले पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई एकीकृत रुपमा मनाउन क्षेत्रीले आग्रह गरे ।

अध्यक्ष क्षेत्रीको आफ्नै पहलमा सथापित एक लाख रुपैयाँको पृथ्वी पुरस्कार पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता भरत बस्नेतलाई दिने निर्णय भएको घोषणा गरे । हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार यसअघि प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी (पहिलो) र राजनीतिशास्त्रका अध्येता डा. राजेश अहिराजले पाइसकेका छन् ।

कार्यक्रममा सहभागी सबैलाई अध्यक्ष क्षेत्रीले धन्यबाद दिएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित