फोनिज यूकेको नेतृत्वमा सूर्यवंशी

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनबाट उनको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।

कार्यसमितिमा उपाध्यक्ष लिलासेलिङ माबो, सचिव अमित थेवे, सहसचिव तेज माबो र कोषाध्यक्षमा डा. महा राई चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः रोमियन लिम्बु, ईश्वर चाम्लिङ, जेबी राई, विश्वजित थापा, पम्फा गुरुङ र रुद्र थापामगर चयन भए ।

पूर्वअध्यक्ष विश्वासदीप तिगेला निर्वाचन आयुक्त र पूर्वअध्यक्षद्वय किरण टि. लिम्बु सदस्य र प्रमिला लाबुङ सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

अधिवेशनको पहिलो चरणमा संगठनको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो ।

पत्रकार बिमला सेने र मिलन तमु सम्मानित

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, भक्त दुरा, किरात राई यायोक्खा यूके अध्यक्ष चन्द्र राई, नेपाल पत्रकार महासंघ यूके पूर्वअध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल मगर संघ यूके उपाध्यक्ष रुद्र थापा लगायतले शुभकामना दिएका थिए ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित