राजदूत सुवेदीको ‘फूल छ कि काँडा’ गीत सार्वजनिक

लन्डन । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको  नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । संजीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्यूजिक भिडियोमा ज्योती खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् ।  साहित्यिक नाम दुबसु क्षेत्रीका रुपमा परिचित राजदूत  सुवेदीको शब्द सिर्जना रहेको छ भने  वरिष्ठ संगीतकार शिखर सन्तोषले संगीत दिएका हुन् ।

सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौं साहित्यिक सृजनाहरु यसअघि पनि सार्वजनिक भइसकेका  छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औं राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला,साहित्य र गीत संगीतको क्षेत्रलाई निकै मलजल  गरेका थिए ।

सुवेदीको संयोजन र सम्पादनमा ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए । तेसो त उनको आफ्नै आवाजमा अडियो बुक रेकर्ड गरेका छन्, जुन उनको आफ्नै कृति हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित