बेलायतको सिनेवर्ल्डमा नेपाली फिल्म ‘अन्तिम संस्कार’ को प्रदर्शन

लन्डन । नेपाली चलचित्र ‘अन्तिम संस्कार बेलायतका विभिन्न स्थानका सिनेवर्ल्ड (सिनेमा हल ) हरुमा प्रदर्शन हुने भएको छ ।

आउँदो डिसेम्बर २ तारिख नेपालीहरुको बाक्लो बस्ति भएका स्थानहरु ग्रीनवीच, अल्डरसट, हंस्लो, स्वीन्डन, वेम्ब्ली, फेल्थम, पूललगायतका हलहरुमा डिसेम्बर २ तारिख र ९ डिसेम्बरका दिन आश्फोर्डमा नेपाली फिल्म अन्तिम संस्कार प्रदर्शन गरिने  भएको हो ।

लामाहरुको संस्कारसंग जोडिएको सामाजिक तथा सांस्कृतिक कथावस्तुमा आधारित उक्त चलचित्र नेपालको हिमाली जोल्ला मुस्तांगमा छायांकन गरिएको हो । ‘मर्डर मिस्ट्रि’ को कथालाई फिल्ममा समावेश गरिएको निर्माण पक्षले बताएका छन् ।

प्रदीप शाहीद्वारा निर्देशित यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य आदि कलाकारले अभिनय गरेका छन् ।

साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको यो फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित