‘टाइगर ३’ को व्यापार ३ सय करोड नाघ्यो

मुम्बई । यस दीपावलीमा हलमा रिलिज भएको सलमान खानको टाइगर-३ ले विश्वभरका थिएटरमा ३ सय करोड भारुभन्दा बढीको कमाई गरेको छ ।

फिल्मको सफलताको बारेमा कुरा गर्दै खानले टाइगर फ्रेन्चाइजीको सफलता आफ्नो लागि निकै व्यक्तिगत भएको बताए । टाइगर फ्रेन्चाइजी २०१२ मा ‘एक था टाइगर’ बाट सुरु भएको थियो, जसमा सलमान खान अविनाश सिंह राठौर नामक जासूसको भूमिकामा देखिएका थिए।

उनीसँगै जोयाको भूमिकामा रहेको कट्रिना कैफलाई पनि मानिसहरुले मन पराएका थिए । यसपछि सन् २०१७ मा ‘टाइगर जिन्दा है’ र अहिले ‘टाइगर ३’ रिलिज भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानले भनेका छन्, ‘वर्षौंदेखि दर्शकले मलाई र मेरो टाइगरको फ्रेन्चाइजीलाई दिएको मायाका लागि म आभारी छु ।

मैले अहिलेसम्म तीन पटक टाइगरको भूमिका निर्वाह गरेको छु । यो प्रशंसा मेरो लागि सफलताको ह्याट्रिक जस्तै हो।’ यो एउटा यस्तो चरित्र हो जसका लागि आफूले निकै मिहिनेत गरेको उनले बताए । यो चरित्रमा आउन धेरै त्याग गरेकाले यसको सफलता विशेष रहेको उनको भनाई छ।

खानले एक्सन हिरो हुन पाउँदा निकै गर्व लागेको पनि बताएका छन् । उनले दबंग, वान्टेड, बडीगार्ड, किक, राधे र किसी का भाई किसकी जान जस्ता एक्सन फिल्म बनाएका छन् । उनले आफूलाई एक्शन हिरोको रुपमा जनताले मन पराएकोमा आफू भाग्यमानी रहेको बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित