लन्डन ग्रीनवीच बरोको दिवाली कार्यक्रममा देउसीभैलो र कुमारी नाच

लन्डन। लन्डनको रोयल बरो अफ ग्रीनवीचले आयोजना गरेको दिवाली कार्यक्रममा स्थानीय नेपाली समुदाय पनि सहभागी बनेको छ।

शुक्रबार साँझ वूल्वीच टाउन हलमा सम्पन्न कार्यक्रममा नेपाली समुदायका तर्फबाट मौलिक देउसीभैलो र कुमारी नाचसहितको सांस्कृतिक प्रस्तुति समेत गरियो।

सो अवसरमा ग्रीनवीच मम्मीज् फोरमका तर्फबाट गौमाया गुरुङको संयोजनमा मौलिक देउसीभैलो प्रस्तुति गरिएको थियो । त्यस्तै, पासा पुच गुथिको तर्फबाट ससाना बालिकाहरुले गरेको कुमारी नाच प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बनेको थियो।

ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाटले नेपाली कलाकारलाई मञ्चमा निम्त्याउँदै नेपालमा मनाइने दिपावली र मौलिक कुमारी नाचको सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए।

ग्रीनवीच बरोमा दिवालीका तर्फबाट वर्षेनी आयोजना हुने शुभकामना कार्यक्रममा यो वर्ष पहिलोपटक नेपाली समुदायका सांस्कृतिक प्रस्तुति गरिएको हो।कार्यक्रममा नेपाली समुदायबाट तीन दर्जन बढीको सहभागिता रहेको थियो।

त्यस अवसरमा ग्रीनवीच बरोका मेयर डोमिनिक एमब्याङले दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गर्दै दीवालीको शुभकामना दिएका थिए।

बरोका उपेयर जीत रानाभाट, काउन्सिल डेपुटी लिडर एभ्रिल लिकाउसहित स्थानीय हिन्दू मन्दिर, गुरुद्वारासहितका समुदायका अन्य प्रतिनिधिले पनि दीप प्रज्वलन गर्दै दिवाली शुभकामना बांडेका थिए।

फोटो केके मुभिज

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित